रेफ्री क्लिनिक सम्पन्न

basket-ball-photoकाठमाडौं : नेपाल बास्केटबल संघको आयोजनामा फिबा एसिया अन्तर्राष्ट्रिय रेफ्री क्लिनिक बिहीबार सम्पन्न भएको छ । नेपालमा पहिलोपटक भएको अन्तर्राष्ट्रियस्तरको रेफ्री क्लिनिकमा नेपालका ६, बंगलादेशका २ र भारतका ५ गरी १३ जना सहभागी थिए । क्लिनिक फिबाका खेलकुद निर्देशक लुम्बोमिर कोट्लेबाले सञ्चालन गरेका थिए ।
आयोजक बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाले सहभागीलाई प्रमाणपत्र प्रदान गरे ।

प्रतिक्रिया