नाडाल नौ वर्षपछि पराजित

Nadalम्याड्रिड, १० वैशाख । लगातार आठपटकका विजेता राफेल नाडाललाई हराउँदै नोभाक जोकोभिक मोन्टे कार्लो मास्टर्स टेनिसमा नौ वर्षपछि फरक विजेताका रूपमा आएका छन् । सोमबार भएको फाइनलमा विश्व नम्बर एक सर्बियन जोकोभिक ६–२ र ७–६ ले विजयी भएपछि नवाँै वर्षमा आएर नाडाल उपाधि जित्नबाट रोकिएका हुन् । क्ले कोर्टमा निकै प्रभावशाली मानिने स्पेनिस नाडालको कीर्तिमानी यात्रा तोडेपछि जोकोभिकले भने, ‘राफेल, एकपटक उपाधि जित्न दिएकोमा धन्यवाद †’ यसअघि यस प्रतियोगिताको फाइनलमा दुईपटक नाडालविरुद्ध भिडे पनि जोकोभिक पराजित भएका थिए ।

जितपछि जोकोभिकले दुवै हातले टाउको समाएर आकाशतिर फर्कंदै केही सेकेन्ड आपैँmसँग संवाद गरेका थिए । त्यसपछि आफू उभिएको जमिनतिर फर्किएर चुम्बन गरेका थिए । गत संस्करण दौरान आफ्ना हजुरबुबाको निधन भए पनि जोकोभिक खेलमा निरन्तर रहँदै फाइनलसम्म पुगेका थिए । यस प्रतियोगितामा नाडाल पछिल्लोपटक १० वर्षअघि गुलेर्मो कोरियाविरुद्ध पराजित भएका थिए । सन् २००४ को संस्करणमा चोटका कारण उनी सहभागी हुन सकेका थिएनन् । सुरुआती तीन उपाधि जित्नेक्रममा नाडालले रोजर फेडेररलाई हराएका थिए । दुई साताअघि डेभिस कप खेल्नेक्रममा कुर्कुच्चामा चोट बोक्न पुगेका जोकोभिकले मोन्टे कार्लोमा प्राप्त सफलता विश्वास नै गर्न नसकिरहेको प्रतिक्रिया दिए ।
‘यदि १० दिन अगाडि मलाई कसैले तपार्इं यो प्रतियोगिता जित्नु हुन्छ भनेको थियो भने त्यो कुरा मलाई वास्तविक लाग्ने थिएन ।’ पुरुष टेनिसमा लामो समय एक छत्र प्रभाव कायम गरेका नाडाल र फेडेररलाई निराश बनाउँदै जोकोभिक पछिल्ला केही वर्ष राज गरिरहेका छन् । ‘मलाई लाग्छ, जोकोभिकले मभन्दा थोरै बढी राम्रो खेले ।’ नाडालले भने । यो सँगै विभिन्न प्रतियोगितामा गरी १६ पटक फाइनलमा भिडेका नाडाल र जोकोभिकले समान आठ हार र जितको नतिजा निकालेका छन् । यसमा गत प्रेmन्च ओपनसहितका पछिल्ला तीन फाइनलमा नाडाल विजयी भएका थिए ।

प्रतिक्रिया