एक्सिडेन्टबाट खुस्बुको डेब्यु

Khusbu-Poudelकाठमाडौं : चलचित्रको व्यवसाय प्रतिदिन घट्दो छ । केही वर्षयताका केही चलचित्रलाई छाडेर भन्ने हो भने अधिकांश चलचित्रमा लगाइएका लगानी बालुवामा पानी हालेसरह भएका छन् । चलचित्रका लगानी प्रतिदिन डुबिरहेको यो अवस्थामा पनि नत चलचित्र निर्माण, नत निर्माणमा आउनेको कमि छ त न यसक्षेत्रमा सुनौलो भविष्यका सपना देखेर आउने कै । यस्तैमा यस क्षेत्रमा अर्काे एक नवनायिकाको प्रवेश भएको छ । उनी हुन्, खुस्बु पौडेल । कोटेश्वरकी खुस्बु छायांकन भइरहेको चलचित्र एक्सिडेन्टबाट हिरोइनका रूपमा डेब्यू गर्न लागेकी हुन् । कृष्ण अनमोलको लेखन र निर्देशन रहने यस चलचित्रबाट हिरोइनका रूपमा आफू स्थापित हुने उनले विश्वाससमेत लिएकी छन् ।
यसको शुक्रबारबाट छायांकन सुर गरिएको छ । उनका साथै अभिनेता मुकेश ढाकालको पनि चलचित्रमा मुख्य भूमिका छ । राजेश दाई चलचित्र निर्माण गरेका सन्देश बराइलीले केही वर्षको अन्तरालपछि यस चलचित्र निर्माण गर्न लागेका हुन् ।
केही चलचित्रमा अभिनय गरिसकेका मुकेससँग पहिलोपटक अभिनय गर्दाको अनुभव नौलो तथा रमाइलो रहेको पौडेलले सुनाइन् । चलचित्रको हाल सिन्धुपाल्चोकको भकुन्डेबेंसी आसपासका स्थानमा छायांकन भइरहेको छ । चलचित्रमा मुकेश र खुस्बुका अलवा अभय चन्द, किरण थापा र रमेश घतानीको पनि अभिनय समेटिने छ । वसन्त सापकोटाको संगीत तथा रोशन श्रेष्ठको द्वन्द्व रहने चलचित्रलाई गणेस श्रेष्ठले पर्दामा उतार्दै छन् । चलचित्रका कथावस्तु अहिले सार्वजनिक गरिएको छैन । (सौस)

प्रतिक्रिया