नेविसंघद्वारा ४३ औं स्थापना दिवस मनाउँदै

nepal student uniyanकाठमाडौं, ६ वैशाख । कांग्रेस निटक नेपाल विद्यार्थी संघले आफ्नो ४३ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै छ ।
नेविसंघका शाखाले मुलुक भरि विभिन्न कार्यक्रम गरेर दिवस मनाई रहेको प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ‘४३ औं स्थापना दिवसमा विभिन्न रचनात्क कार्यक्रम गरेर मनाउँदै छौं,’ उनले भने, ‘आजदेखि तीन दिन सम्म विविध कार्यक्रम हुने छन् ।’
रक्तदान, विचार गोष्ठ, पेन्टिङलगायतका कार्यक्रम राखेको लामिछानेले बताए । आगामी दश गते नेविसंघले राजधानीमा बृहत अन्तक्र्रिया समेत राखेको छ ।
आफ्नो ४३ औं स्थापना दिवस स्ववियु निर्वाचनलाई समर्पित गर्ने लामिछानेले बताए । ‘स्ववियु निर्वाचनलाई केन्द्रमा राखेर यस पटकको स्थापना दिवस मनाउँदै छौं,’ उनले भने ।
नेपाल विद्यार्थी संघ ४३ वर्ष अघि स्थापना भएको थियो । आन्तरिक विवाद र गुटउपगटका कारण नेविसंघले गतिलिन नसकेको विद्यार्थी नेताहरु बताउने गर्छन् ।

प्रतिक्रिया