राष्ट्रिय च्याम्पियनसिप सम्पन्न

tennis-photoकाठमाडौ, २ वैशाख । नेपाल ओसुकाई जापान कराते दो गोजुरियो ओशिकाई संघ नेपालको आयोजनामा भएको चौथो राष्ट्रिय गोजुरियो ओशिकाई करातें प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगितामा नेपालका पाँच विकास क्षेत्रका पाँचवटा टिम तथा आयोजक एउटा टिमसहित कुल छवटा टिमले भाग लिएका थिए । ३ सय ८४ भन्दा बढी खेलाडीले सहभागिता जनाएको यस प्रतियोगितामा २२ स्र्वणसहित मध्यमाञ्चल टिम च्याम्पियन भएको थियो । त्यसैगरी, ३ स्र्वण, ३ रजत र ६ कांस्यसहित पूर्वाञ्चल दोस्रो, १ स्र्वण, २ रजत, ८ कांस्यसहित पश्मिाञ्चल तेस्रो भएका छन् ।

उत्कृष्ट खेलाडी पुरुष तर्फ टंक विर तामाङ र महिलातर्फ सरु लामा भएका छन् । त्यसैगरी च्याम्प अफ द च्याम्पतर्फ टंकवीर तामाङ प्रथम, शुभ मगर द्वितीय, नीरज अधिकारी तृतीय र चौथो स्थान विशाल लामाले हात पारेका छन् । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव युवराज लामाद्वारा पुरस्कार वितरण तथा समापन गरिएको प्रतियोगिताका उत्कृष्ट ठहरिएका खेलाडीलाई भारतको नयाँ दिल्लीमा ३ देखि ५ मेसम्म सञ्चालन हुने तेस्रो एसियन कप कराते प्रतियोगितामा सहभागिता जनाउने अवसर प्रदान गरिने संघबाट प्रेषित विज्ञप्तिमा जनाइएको छ ।
यसअघि प्रथम राष्ट्रिय प्रतियोगिता झापा, दोस्रो राष्ट्रिय प्रतियोगिता काठमाडौं र तेस्रो राष्ट्रिय प्रतियोगिता सर्लाहीमा आयोजना भएको थियो । पाँचौँ राष्ट्रिय प्रतियोगिता स्याङ्जामा हुनेछ ।

प्रतिक्रिया