हङकङ नेपाली महासंघलाई उपाधि

धरान : हङकग नेपाली महासंघले बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्यो । उपाधि जित्ने क्रममा महासंघ टोलीले शनिबार भएको फाइनल खेलमा नेपाल आर्मी क्लबलाई २–१ ले पराजित गर्‍यो । सातौँ मिनेटमा टेकबहादुर बुढाथोकीको गोलमा आर्मीले अग्रता लिए पनि लामो समय टिकाउन सकेन ।
सातौँ मिनेटमा भरत खवासको पासमा टेकले गोल गरेका थिए । १८औँ मिनेटमा केल्भिनले बराबरी गोल गरे । उनले जगजित श्रेष्ठको पासलाई उपयोग गरेका थिए । आर्मी सहजै जिततर्फ उन्मुख भए पनि राजु तामाङले पेनाल्टी खेर फालेपछि महत्त्वपूर्ण अवसर गुमाउन पुगेको थियो । ७९औँ मिनेटमा डुडोजले निर्णायक गोल गरे । (सौस)

प्रतिक्रिया