न्यु डायमन्डको विजयी सुरुआत

volley-ball-photoकाठमाडौं २७, चैत । न्यु डायमन्ड स्पोर्टस् क्लबले प्रथम राष्ट्रिय पुरुष तथा महिला क्लब लिग भलिबलको महिलामा सोमबार विजयी सुरुआत गरेको छ ।

पछिल्लो समय एकदमै राम्रो लयमा रहेको न्यु डाइमन्डले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमो एपीएफ क्लबमाथि २५–२३, १६–२५, २५–२१, २२–२५ र १५–११ को जित हात पार्‍यो ।
नेपाल भलिबल संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा राष्ट्रिय च्याम्पियन एपीएफ क्लब र नेपाल आर्मी क्लबले जित हात पारे ।
एपीएफले जि. फोर स्पोर्टस् क्लबलाई २५–२१, २८–२६ र २५–२० को सोझो सेटमा पराजित गर्‍यो । विश्वविद्यालय खेलकुद संघ विरुद्धको खेलमा आर्मी २५–१४, २५–१४ र २६–२४ को सीधा सेटमा विजयी भयो ।
प्रतियोगिताको राखेप सदस्य–सचिव युवराज लामाले उद्घाटन गरे । भलिबल संघका अध्यक्ष दानबहादुर तामाङले आफ्नो नेतृत्वको भलिबल संघले एक वर्ष पूरा गर्दा १३ पुरुष र ९ महिला गरी २२ वटा प्रतियोगिता आयोजना गरेको प्रमखु अतिथी लामाले जनाए । जानकारी गराउनुभयो । ३१ चैतसम्म चल्ने प्रतियोगिताको पुरुषमा ६ तथा महिलामा ४ टिम सहभागी छन् ।

प्रतिक्रिया