पाण्डे र निरौलालाई शोक

काठमाडौं : रंगपत्रकार तथा गीतकार दयाराम पाण्डेलाई मातृशोक परेको छ । उनकी आमा भोजकुमारी पाण्डेको ५८ वर्षको उमेरमा गएराती निधन भएको हो । दम रोगबाट पीडित पाण्डेको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो । पाण्डेको अन्तिम संस्कार शनिबार उनकै गृहजिल्ला स्याङ्जामा भएको छ । भोजकुमारी पाण्डेको निधनप्रति चलचित्र पत्रकार संघले पनि शोक व्यक्त गरेको छ । संघका महासचिव लक्ष्मण सुवेदीद्वारा शनिबार जारी गरिएको प्रेस विज्ञप्तिमार्फ शोक व्यक्त गरिएको हो ।
यस्तै निर्देशक वसन्त निरौलालाई पितृशोक परेको छ । उनका पिता दिनानाथ निरौलाको शनिबारकै दिन निधन भएको हो । दम र अल्सरबाट पीडित निरौलाका ५ छोरा र १ छोरी छन् । निर्देशक निरौला उनका कान्छा छोरा हुन् । दिनानाथको शनिबार नै दाहसंस्कार भएको छ । निर्देशक निरौला विजयपथ र राजनीतिनामक चलचित्रका निर्देशक हुन् । (सौस)

प्रतिक्रिया