फन्दामापरे पछि झुठ बोले ‘पाण्डेजी’

Sarkari-Jeepचितवन, २४ चैत । सार्वजनिक विदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले आज जीप नियन्त्रणमा लिएको छ ।
अखिल क्रान्तिकारीका कार्यकर्ताले सुनसरीका स्थानीय विकास अधिकारी चढेको गाडी नियन्त्रणमा लिएका हुन् । शहीद स्मृति बहुमुखी क्याम्पस टाँडी अगाडिबाट स्थानीय विकास अधिकारी राजेन्द्र पाण्डे चढेको को १ झ ३३३ नम्बरको गाडी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रत्ननगरमा बुझाएका छन् ।
अखिल क्रान्तिकारी उपाध्यक्ष सरोज भण्डारीले विदाका दिन सरकारी गाडी चलाउन प्रमुख जिल्ला अधिकारीको स्वीकृत हुनुपर्ने बताए । उनले सरकारी गाडी दुरुपयोग बढे पछि नियन्त्रणमा लागेको बताए ।
पाण्डेले काठमाडौंमा गाडी वनाएर फर्किएको हुँदा कागजात नभएको दाबी गरे । उता, पाण्डे शुक्रावार देखिनै चितवनमा बस्दै आएका थिए । अखिल क्रान्तिकारीले पाण्डेले झुठ बोलेर भ्रममा पार्न खोजेको आरोप लगाएको छ ।

प्रतिक्रिया