सुमार्गी समूहको स्कुल बसमा आगजनी

makwanpurहेटौँडा,२४ चैत । उद्योगी एवं व्यवसायी सुमार्गी परिवारको लगानीमा मकवानपुरमा सञ्चालित एकेडेमी आवासीय विद्यालयका चार वटा बसमा अपरिचित समूहले आगजनी गरेर क्षतिपुराई दिएको छ ।
हेटौँडा–११, नवलपुरमा रहेको सो विद्यालयमा पार्किङ गरेर राखिएका चार वटा बसमा आगजनी भएको प्रिन्सिपल विनोद श्रेष्ठले जानकारी दिए । पाँच÷छ जनको समूहमा आएका व्यक्तिले बसका सिसा फुटाएर पेट्रोल छर्केर आगजनी गरेका थिए ।
शुक्रबार मध्यराति करिब पौने १२ बजे जंगल हुँदै आएको समूहले आगजनी गरेको श्रेष्ठले जानकारी दिए । उनले विद्यालयको गतिबिधिका बारेमा स्पष्ट जानकारी रहेका व्यक्तिले आगजनी गरेको दाबी गरेका छन् ।
बसमा आगजनी गरे पछि सो समूह विद्यालयको पूर्वतर्फको भिरालो बाटो हुँदै जंगल प्रवेश गरेको थियो । ना ४ ख ४९३२, ४९३३, ४९३४ र ४९३५ नम्वरका बसमा आगजनी गरेका थिए ।

प्रतिक्रिया