कादम्विनीको निर्झरी बजारमा

Kadambini-Gurungकाठमाडौं : गीत तथा गजलकार शीतल कादम्बिनी गुरुङ र गायक प्रमोद खरेलको युगल एल्बम ‘निर्झरी’ बजारमा आएको छ । हालै राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रकवि माधवप्रसाद घिमिरे, साहित्यकार राजेन्द्र थापा, संगीतकार कालिप्रसाद रिजाल र म्युजिक नेपालका प्रबन्धनिर्देशक सन्तोष शर्माले सामूहिक रूपमा एल्बमको सार्वजनिक गरेलगत्तै बजारमा आएको हो ।
खै जालमा पारेर गई, डुल्छ्यौ मेरै दिलको नगरिमा, मालामाल हुँदै यो सहर, चिनिसके साथी मैले, दिए हुन्थ्यो मलाई निसानि, कतै ठोस लाग्ला बोलका ६ गीत एल्बममा समावेश छन् । जसमा राम सिटौला, वसन्त सापकोटा, सुरेश गैरे, प्रवीण बराइली र गायक स्वयंकै संगीत रहेको छ । (सौस)

प्रतिक्रिया