नेपाल फराकिले रनले विजयी

काठमाडौं, १८ चैत । काठमाडौंको कीर्तिपुरमा भइरहेको एसिसी ट्वान्टी–२० कप क्रिकेट प्रतियोगितामा आज नेपालले सिंगापुरलाई फराकिलो रन अन्तरले हराउँदै सेमिपाइनल यात्रा सुरु गरेको छ ।
सिंगापुरलाई १ सय २१ रनले हराएर नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा नेपालले २ सय ११ रनको लक्ष्य दिएको थियो ।
विनोद भण्डारीले अर्धशतक बनाए । कप्तान पारस खड्काले ४४, उपकप्तान ज्ञानेन्द्र मल्ल ३० रन, शरद भेषवाकर २६ रन र प्रदीप ऐरीले ३० रनको योगदान दिए ।
जवाफी ब्याटिङमा उत्रिएको सिंगापुर १५ दशमलव १ ओभरमा ८९ रनमै समेटिन बाध्य भएको थियो । बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिएका थिए ।

प्रतिक्रिया