तीन नेता एमाओवादीमै फर्के

maobadisकाठमाडौं : पार्टी फुटेपछि नेकपा–माओवादीमा लागेका तत्कालीन तीन केन्द्रीय सदस्य एमाओवादीमै फर्किएका छन् । शनिबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहालले उनीहरूलाई पार्टी प्रवेश गराएका छन् ।
नेकपा–माओवादीका केन्द्रीय सदस्यको तहमा रहेका कुमार दाहाल, कृष्णध्वज खड्का र रेखा शर्मा एमाओवादीमै फर्किएका हुन् । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनेपछि नेकपा–माओवादीले विरोध जनाउँदै आए पनि उनीहरू चुनावको लबिङ गर्दै आएका थिए ।
पार्टी प्रवेशलगत्तै उनीहरूले जारी केन्द्रीय समिति बैठकमा आºनो धारणा राखेका थिए । ‘हामी जुन कुरा सोचेर नयाँ पार्टी निर्माणमा गएका थियौँ, त्यसअनुसार हुन सकेन, जनयुद्धबाट सबै कुराको फैसला हुन्छ भन्ने हामीलाई लागेन, नेकपा–माओवादीको कार्यदिशा, कार्यशैली धर्मशास्त्रीय खालको देखियो’ तीन नेता
धारणाको सार सुनाउँदै एक केन्द्रीय सदस्यले भने । (सौस)

प्रतिक्रिया