पेट्रोलियम आपूर्ति सहज हुने

काठमाडौं, ४ चैत । नेपाल आयल निगमले अब केही दिनमै पेट्रोलियम आपूर्तर्ी सहज हुने जनाएको छ । सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्तर्ी गर्न निगमलाई एक अर्ब रुपियाँ दिने भएपछि उपभोक्ताले केही दिनमै सहजता पाउने जनाइएको हो ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले इन्धन आपूर्ती सहज बनाउन भन्दै निगमलाई १ अर्व रुपियाँ दिने निर्णय गरेको थियो । निगमले भारतीय आयल कर्पोरेशन (आइओसी)लाई करिब एक अर्ब रुपियाँ बक्योता दिन बाँकी रहेको जनाउँदै आएको छ ।
सोही कारण आइओसीले पेट्रोलियम आपूर्ती कटौती गर्दा राजधानीलगायत मुलुकभर एक सातादेखि पेट्रोलियम अभाव भइरहेको छ । निगमले सहज रूपमा आपूर्तर्ी गर्न र बजारमा अभाव हुन नदिन आइओसीको बक्योता तिर्नुपर्ने भन्दै दुई साताअघि सरकारसँग रकम माग गरेको थियो । विगतमा सरकारले कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषवाट ऋण सहयोग उपलव्ध गराउन आग्रह गर्दै आएकोमा विगत केही महिना यता सरकारले ऋणको व्यवस्थामा चासो नदेखाएकाले सहज आपूर्तर्ीमा समस्या रहेको निगमले जनाउँदै आएको थियो ।
निगमका निमित्त कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले अब केही दिनमै पेट्रोलियम सहज हुने जनाएका हुन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको र बक्योता तिर्न रकम जुटेपछि पेट्रोलियम सहज हुने उनको भनाइ छ । सरकारले ऋण सहयोग दिने भएपछि पेट्रोलियम पदार्थको ढुवानी र आपूर्ती सहज हुने निगमको दाबी छ । अब माग अनुसारकै इन्धन आपूर्ती हुने भन्दै निगमले आउँदो मंगलबारसम्ममा इन्धनको अभाव पूर्णरूपमा हट्ने जनाएको छ ।
यद्यपि, निगमको मासिक घाटा कम नभएकाले लामो समयसम्म भने आपूर्ती सहज गर्न नसकिने निगमले जनाउँदै आएको छ । एलपी ग्यास र डिजेलमा भइरहेको नोक्सानी कम गर्न नसकेसम्म निगमको घाटा कम नहुने निगमको दाबी छ । एक मार्चको मूल्य सूचीअनुसार निगमको मासिक नोक्सानी ७३ करोड २८ लाख रुपियाँ छ ।
आइओसीले करिब ३० प्रतिशत आपूर्ती कटौती गरेपछि बजारमा पेट्रोलियमको अभाव चर्केको छ । पर्याप्त तेल आपूर्ती नभएपछि राजधानीमा पेट्रोलियम अभाव चर्कदै गएको हो । पेट्रोलियम व्यवसायी मजदुरको आन्दोलन पछि भारतीय आयल निगम
(आइओसी) ले आपूर्तीमा कटौती गरको र राजधानीका पेट्रोल पम्पमा उपभोक्ताको लाइन बढ्दै गएको छ ।

प्रतिक्रिया