अग्नि पीडितलाई रहात अझै पुग्न सकेन

Saptari-Mushar-Bastiराजविराज, २७ फागुन । सप्तरीको रायपुर–९ स्थित मुसहर वस्ती खरानी भएपछि अग्निपीडितहरु खाने अन्न र पिउने पानीको अभावले थप समस्यामा परेका छन् ।
शनिबार दिउँसो आगलागीमा परेर अन्नपात, लत्ताकपडालगायत सबै जले पछि पीडित मुसहर समूदाय समस्यामा परेको हो । पीडितहरुले पिउन प्रयोग गर्दै आएको सबै ट्यूवेल (कल) समेत डढेपछि झन् पीडा थपिएको हो ।
आगलागीमा परेर गाउँमा भएका सबै कल डढेपछि पानी लिन पीडितहरुले अर्कोटोल धाउनु परेको स्थानीय राजेन्द्र सादाले जानकारी दिए । ४७ घरपरिवारले प्रयोग गर्दै आएको ४ थान सार्वजनिक कल सुकेर पानी नआए पछि छिमेकी टोलवाट पानी ल्याएर प्रयोग गरिरहेको उनले वताए ।
यसैगरी, पीडितहरु खुल्ला आकाशमा वस्न वाध्य छन् । राहतको भरपर्दो ब्यवस्था नभएका कारण छिटो घर वनाउन नसकिएको उनीहरुको भनाई छ । ओतलाग्ने राम्रो व्यवस्था नहुँदा साना बालकालिका र महिलाहरु चर्को घाममा बस्न बाध्य भएका छन् ।
आगलागी लगत्तै जिल्ला प्रहरी कार्यालयले दिएको ६० किलो च्यूरा र ३० किलो भुजा (मुरी)ले शनिबार साँझको छाक टारे पनि आज विहानै देखि वालवच्चालाई खुवाउने केही नभएको विसवी सदाले वताए ।
यस्तै आईतबार रेडक्रसले पीडितहरुलाई २५ थान त्रिपाल बाँडेको छ । त्रिपाल पनि सबै परिवारलाई पुगेको छैन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले राहतका लागि प्रयास भईरहेको जानकारी दिए । उनले आगलागीका पीडितलाई केन्द्रसँग रहत माग गरिएको बताए । केन्द्रबाट आगलागी भएको क्षेत्रको अनुगमन र सहयोगका लागि आइतबार विहान सम्म कोही पनि पुगेका छैनन् ।
शनिबार भएको आगलागीबाट ४७ वटा घर जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया