हावादारी कुराले देश दुर्घटनामाः नेपाल

Chitwanचितवन, २५ फागुन । एमालेका वरिष्ठ नेता माधकुमार नेपालले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका हावादारी कुराले देश दुर्घटनामा गएको आरोप लगाएका छन् ।
नेपाल शिक्षक संगठनको ११ औं जिल्ला अधिवेशनको आज चितवनमा उदघाटन गर्दै नेता नेपालले भने, ‘झुटो प्रचार गरेर जनतालाई झुक्काउँदा पुष्पकमल दाहाल आफै भूमरीमा फेसेका छन् ।’ उनले अध्यक्ष दाहालले आफ्नै गृह जिल्ल चितवनको बाँदरमुढे घटनाका पीडितलाई समेत झुट कुरा गरेर धोका दिएको बताए ।
उनले एउटा पार्टी निर्णयलाई लिएर त्यसैको पछाडी हिड्नु मूर्खाता भएको भन्दै दाहालले ओहदा र शक्तिको दुरुपयोग गरेको आरोप लागए । ‘एमाओवादीको महाधिवेशनको प्रस्तावको पछि लागेर हामीले एक प्रकारको मुर्खता प्रदर्शन गरेका छौं,’ उनले भने, ‘अब पनि एमाओवादीले जे भन्यो त्यही गर्ने गल्ती दोहराउनु हुँदैन ।’
सरकार पनि बन्न नदिने र बिपक्षीहरुलाई पनि आन्दोलनमा जान नदिने रणनीतिमा एमाओवादी लागेको उनको भनाई छ ।
नेता नेपालले प्रधानन्यायाधीशलाई न्यायाधीशको हैसियतमा नभइ राजीनामा गराएर स्वतन्त्र व्यक्तिको हैसियतमा कार्यकारी प्रमुखको जिम्मेवारी दिने बताए ।

प्रतिक्रिया