श्रीमति कुट्ने प्रहरी फन्दामा

Boksi n Kutpitरुकुम २५ फागुन । आज विश्वभर विविध कार्यक्रम गरी महिला दिवस मनाईरहेका बेला रुकुमकी एक महिला भने न्यायका लागि हारगुहार गरिरहेकी छिन् ।
बिहिबार खलंगा–३ की लक्ष्मी बादी आफ्नै श्रीमान नरबहादुरको कुटाईबाट सख्त घाईते भएपछि न्यायका लागि प्रहरीसामु पुगेकी हुन् । सामान्य विबाद हुँदा श्रीमानले दाउरा प्रहार गर्दा उनको देब्रे आँखामा चोट लागेको छ । प्रहरीले श्रीमति कुट्ने नरबहादुरलाई पक्राउ गरेपनि प्रहरी हिरासतबाट समेत धम्क्याउन छोडेका छैनन् । पटक–पटक श्रीमतीलाई कुटपिट गर्दै आएका नरबहादुरलाई यसअघि पनि प्रहरीले पक्राउ गरेर मिलापत्र गरेर घर पठाएको थियो ।

प्रतिक्रिया