शिक्षा मन्त्रालयबाटै सञ्चालित विद्यालयमा विद्यार्थीमाथि यौनशोषण र यातना

पोखरा, २३ फागुन । लुम्लेस्थित बालमन्दिर माध्यमिक विद्यालयका विद्यार्थी शिक्षक/शिक्षिकाबाटै शारीरिक शोषण र मानसिक यातनामा परेको खुलासा भएको छ । विद्यार्थी शोषण र यातना भोग्न बाध्य भएको भन्दै विद्यालयबाट भागेर न्याय माग्न पोखरा आइपुगेपछि शोषणमा परेको खुलासा भएको हो । विद्यालय हाताभित्रै पटकपटक छात्रछात्रामाथि शिक्षक शिक्षिकाले दुव्र्यवहार गर्दैै आएकाले आफूहरू त्यहाँबाट भागेर पोखरा आइपुगेको उनीहरूले बताएका छन् ।

न्याय माग्दै आउनेमा शिक्षा मान्त्रालयअन्तर्गत छात्रवृत्ति पाएका २२ जिल्लाका ७१ विद्यार्थी छन् । सामुदायिक तवरबाट सञ्चालित विद्यालय शिक्षा मन्त्रालयबाटै सञ्चालित छ । विद्यालयको संयोजन बूढानिलकण्ठ बोर्डिङ स्कुल काठमाडौंले गर्दै आएको छ ।
स्थानीयको पनि सहयोग नभएको र शिक्षकको यातनाका कारण आफूहरू अति भएपछि विद्यालय छाडेर हिँड्न बाध्य भएको पीडा विद्यार्थीहरूले सुनाए । उनीहरू विद्यालयबाट भागेको थाहा पाएपछि शिक्षक/शिक्षिकाले कास्कीकै नागडाँडाबाट फर्काउने पहल गरेका थिए । विद्यार्थीहरू सोमबार राति साढे आठ बजे नगर प्रशिक्षण केन्द्रमा आइपुगेका थिए ।
उनीहरूका साथमा अभिभावक पनि आएका थिए । विद्यार्थीले पीडा सहनै नसक्ने भएपछि आफूहरू आफ्ना अधिकारका लागि भागेरै पोखरासम्म आइपुगेको छात्रा रोजिना तामाङले रुँदै बताइन् । चितवनबाट अध्ययनका लागि आएकी छात्रा रोजिनाले भनिन्, ‘शिक्षकहरूले पनि आफूहरूलाई नराम्रो नियतले हेर्छन् ।’
त्यसैगरी पीडित एक बालिकाले आफूहरूको हेरचाह गर्ने जिम्मा पाएकी कल्पना पौडेल स्कुलकै शिक्षकसँग जिस्किएर बस्ने गरेको र त्यहाँका स्थानीय युवालाई रक्सी खाएको अवस्थामा होस्टेलमा आउन दिने गरेको बताइन् । उनी भन्छिन्, ‘कल्पना मिस आपैँm स्कुलका शिक्षकसँग मस्किएर गफ गरेर बस्छिन्, जसले गर्दा हामीले आँखा र कान थुनेर बस्नुपर्छ ।’
पीडित विद्यार्थीका अनुसार, सुत्ने होस्टेलमा राति–राति स्कुलबाहिरका केटालाई शिक्षक/शिक्षिकाले नै पठाइदिन्छन् र शिक्षकहरूले कक्षाकोठामै हातपात गर्न खोज्छन् । बाग्लुङ दर्लिङबाट छात्रवृत्तिमा नाम निकालेर आएकी एक छात्राले भनिन्, ‘खाना पनि मीठो हुँदैन, किचेन त्यस्तै फोहोर छ, कम गुणस्तरका खाद्यान्य पाक्छ र हामीले बोल्न पाउँदैनौँ ।’
विद्यार्थीलाई स्कुलकै शिक्षक कृष्णप्रसाद तिवारीले स्कुलबाट उद्धार गरेर पोखरासम्म ल्याउने व्यवस्था गरेका थिए । अहिले तिवारी पनि विद्यार्थीसँगै उनीहरूको न्यायका लागि सरोकारवालासँग विभिन्न माग गरिरहेका छन् । नगर प्रशिक्षण केन्द्रमा रहेका विद्यार्थीले आफूहरूमाथि दुव्र्यवहार गर्ने र यातना दिने शिक्षकलाई कारबाहीको माग गरेका छन् । उनीहरूसँगै विभिन्न जिल्लाबाट आएका अभिभावकले पनि आफ्ना छोराछोरीमाथि भएको अन्यायविरुद्ध आवाज उठाएका छन् ।
विद्यालयका प्रधानाध्यापक दयाराम सुवेदीले विद्यार्थी र केही अभिभावकले भनेका सम्पूर्ण आरोप निराधार र असत्य भएको दाबी गरेका छन् । उनले केही हुनेखाने अभिभावकले पनि विद्यालय नेतृत्व हत्याउन आफ्नाविरुद्ध साथ दिएको आरोप लगाए । विद्यालयमा भौतिक रूपमा केही कमजोरी भएको स्वीकार्दै उनले विद्यार्थीले भनेजस्तै उनीहरूमाथि शारीरिक र मानसिक यातना दिने काम नभएको जिकिर गरे ।
विद्यार्थीहरूले प्रधानध्यापकसँगै गणेश भारती, गोविन्दमणि पौडेल, कल्पना पौडेल, प्रनिश चाापागाइँलगायतका शिक्षकले आफूहरूलाई दुव्र्यवहार र मानसिक यातना दिने गरेको आरोप लगाएका छन् । केही समय पहिला प्रधानाध्यापक सुवेदी नै शिक्षक र स्थानीयबाट कुटिएकाले पनि विद्यार्थीको सवालमा बोल्न नसक्ने विद्यार्थीको आरोप छ ।
कास्कीका शिक्षा अधिकारी चन्द्रकान्त भुसालले घटनाका विषयमा सबैतिरबाट जानकारी लिने काम भइरहेकाले सत्यतथ्य बुझेर मात्रै कारबाही प्रक्रिया अगाडि बढाइने बताए । उनले विद्यार्थी, शिक्षक र स्थानीय वासिन्दाका अलग धारणा आइरहेकाले छानबिन गरेर दोषीलाई कारबाही गरिने बताए । भुसाल विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष हुन् ।
घटनाका बारेमा यथार्थ बुझ्न, विद्यार्थीको समस्या व्यवस्थापन तथा परीक्षाको प्रबन्धलगायतका विषयमा मंगलबार नै शिक्षा विभागका निर्देशक टेकनारायण पाण्डे पोखरा आएका छन् । उनले घटनाका बारेमा यथार्थता बुझ्ने र के गर्न सकिन्छ भन्ने निर्णयका लागि मन्त्रालयमा अवस्थाको यथार्थता जानकारी दिने कास्कीका प्रमुख शिक्षा अधिकारी भुसालले जानकारी दिए ।
बालमन्दिर माध्यमिक विद्यालय ब्रिटिस फाउन्डेसनले ०३१ सालमा स्थापना गरेको स्कुल हो । त्यसपछि फाउन्डेसनले ०५६ सालमा नेपाल सरकार मातहत रहेको कृषि केन्द्रलाई स्कुल हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया