सर्वोच्चद्वारा विपक्षीसँग जवाफ माग

काठमाडौं, २२ फागुन । सर्वोच्च अदालतले वहालवाला वा पूर्व न्यायाधीशलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै परेको रिटमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ ।
आज सर्वोच्चका नयायाधीश गिरीशचन्द्र लालको एकल ईजलासले फागुन–३० गते भित्र विपक्षीसँग लिखित जवाफ माग गरेको हो । विपक्षीको जवाफ आए पछि चैत–१ गते रिटमाथिको सुनुवाई हुने छ ।
प्रधानन्याधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बन्नबाट रोक्न माग गरेर अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा रिट दर्ता गराएका थिए ।

प्रतिक्रिया