डा. भगवान कोइरालाद्वारा राजीनामा

Bhagwan Koiralaकाठमाडौं, २० फागुन । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक डा. भगवान कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले आज साँझ आफ्नो पदबाट राजीनामा दिएका हुन् । चार महिना अघिमात्र शिक्षण अस्पतालमा कार्यकारी निर्देशकमा नियुक्त  डा. कोइरालाले छोटो समयमै धेरै सुधारका कार्यहरुको थालनी गरेका थिए।

आठ बर्ष शहिद गंगालाल अस्पतालको कार्यकारी निर्देशकका रुपमा कार्य गरेका उनले गंगालाल अस्पताललाई नमुना अस्पतालका रुपमा विकास गरेका थिए । उनले राजीनामाका बारेमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने बताएका छन् ।
शिक्षण अस्पतालमा बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाको नियुक्तिले अस्पतालमा सुधार हुने धेरैले अपेक्षा लिएका थिए ।

प्रतिक्रिया