एनसेलको डाटामा विशेष अफर

काठमाडौं : मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले इन्टरनेटको गुणस्तरीय सेवासँगै मोबइल डाटा प्रयोगकर्तालाई नयाँ योजना लागू गरेको छ । यस योजनाअन्तर्गत, एनसेलका ग्राहकले जति परिमाणको डाटा खरिद गर्‍यो त्यति नै बराबरको डाटा सित्तैमा पाउनेछन् । ग्राहकले १ सय एमबी डाटा प्याक खरिद गरेमा १ सय एमबीबराबरकै डाटा सित्तैमा प्राप्त गर्न सक्नेछन् ।

१५ फागुनबाट सुरु भएको यो योजना एनसेलले प्रदान गर्ने प्रत्येक १० एमबी, ४० एमबी, १०० एमबी, ३०० एमबी, ५०० एमबी, १ जिबी, ५ जिबी र १० जिबीको मासिक डाटा प्याकमा लागू हुने पनि कम्पनीले जनाएको छ । यो योजना ४५ दिनसम्म लागू हुनेछ भने ग्राहकले पाएको डाटा प्याकलाई ३० दिनसम्म प्रयोग गरी सक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । ग्राहकले एनसेलको गुणस्तरीय इन्टरनेट सेवा अझ सुलभ दरमा प्रयोग गर्न सकून् भनेर योजना ल्याएको एनसेलले जनाएको छ । यसको मोबाइल डाटा प्याक खरिद गर्दा सोही बराबरको डाटा मात्र नपाएर जति ठूलो डाटा खरिद गर्‍यो उति नै शुलभ दरमा पाउने पनि कम्पनीले जनाएको छ ।

प्रतिक्रिया