संविधान भित्रबाट निकास आउँदैनः महत

Ramsharan-Mahatकाठमाडौं, १५ फागुण । कांग्रेसका केन्द्रीय सदस्य रामशरण महतले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार निर्माण गर्न राष्ट्रपतिबाट संबैधानिक रुपमै बाधा अड्काउन पहल गर्नुपर्ने बताएका छन् ।
काठमाडौंमा आज आयोजित कार्यक्रममा महतले सर्वोच्च अदालतमा परेको रिटको फैसला हेर्ने काम बाँकी रहेको भन्दै सर्वोच्चले गर्ने फैसला आफूहरुलाई स्वीकार्य हुने बताए ।
‘सर्वोच्च अदालतले प्रधानन्यायाधीशको नेतृत्व हुँदैन भन्यो भने हामीलाई मान्य हुन्छ,’ उनले भने, ‘पहिला सर्वोच्चको यो विषयमा निर्णय आउनु पर्छ । तर प्रधानन्यायाधीश प्रधानमन्त्री भए पछि न्यायलयको काम भने छाड्नु पर्छ ।’
उनले मुलुकको पछिल्लो परिस्थिति संविधान भन्दा बाहिरको भएकाले यसको समाधान पनि संविधान बाहिरबाटै खोज्नु पर्ने बताए । ‘सबै समस्याको समाधान संविधानबाट हुन सक्दैन,’ उनले भने ।

प्रतिक्रिया