रोजबर्ड र दीपज्योति सेमिमा

काठमाडौं : रोजबर्ड र दीपज्योति स्कुल प्रथम जेएसए कप फुटबल प्रतियोगिताको आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
भृकुटिमण्डपमा जारी खेलमा रोजबर्डका आदर्श श्रेष्ठको चार गोलको मद्दतले युरो स्कुललाई ९–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको छ ।
रोजबर्डबाट रोहित केसी र मोसहत थापाले समान दुईदुई गोल र अंशुल श्रेष्ठले एक गोल थपेका थिए । युरोका आसराद कोइरालाले दुई गोल गरेका थिए ।
अर्को खेलमा दीपज्योतिले राजन मेमोरियललाई ४–१ गोल अन्तरले पाखा लगायो । दीपज्योतिको जितमा सुशील लामा र प्रवेश सारु मगरले समान दुईदुई गोल गरेका थिए भने राजन मेमोरियलका लागि प्रवेशराज पन्तले एक गोल फर्काएका थिए । (सौस)

प्रतिक्रिया