अत्यधिक चुहावट, ढुवानीमा मनपरी भाडावृद्धि र त्यसैमा कमिसन खाने गर्नाले आयल निगम उपभोक्तालाई ठग्दै छ । यसलाई रोक्न के गर्नुपर्ला ?

आयल निगम अव्यवस्थित भएको कारणले उपभोक्ताहरू ठगिँदै आएका छन् । निगमका कर्मचारी मोटाउँदै जाने निगम भने दुब्लाउँदै गइरहेको छ । यसलाई सुधार गर्नका लागि एक उच्चस्तरीय समिति नै बनेको छ । भीम आचार्यको संयोजकत्वमा गठित सो समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गरे उपभोक्ताहरू ठगिँदैनन् । त्यसमा तत्काल, अल्पकालीन र दीर्घकालीन योजना रहेका छन् । भारतबाट ल्याउने सरकार अहिले त्यो प्रतिवेदन कार्यान्वयन गराउन तिर लागेको छैन । प्रतिवेदनमा चुहावट गर्नेलाई दण्ददिने जस्ता व्यवस्था गरिएको छ । यस्तै ढुवानी गर्दा टेन्डर प्रक्रियामा जानु भनेको छ भने उडेर जाने पेट्रोलियम पदार्थको पनि पैसा घटाएको छ । अर्को कुरा निगमको ऋणलाई सेयरपुँजीमा लैजाने हो केही हदसम्म बचाउन सकिन्छ । तर, समग्रमा भन्नुपर्दा आचार्यको प्रतिवेदन नै कार्यान्वयन गराउनु नै एक मात्र उपाय रहेको छ ।

प्रतिक्रिया