ललितबाबुलाई चेन्नाई उपाधि

Manoj-Chess-photo-newचेन्नाइ, १२ माघ । भारतीय खेलाडी ललितबाबु एमआरले चेन्नाई सुपर किंग्स अन्तर्राष्ट्रिय ग्रान्डमास्टर चेस प्रतियोगिताको उपाधि जितेका छन् । उनले उपाधि जित्ने क्रममा चिनियाँ ग्रान्डमास्टर लु सांघाइलाई बुगहोल्ज टाइब्रेकमा पछि पारे । दुवैले ११ चरणको खेलमा नौ अंक बटुले । ८.४५ अंक बटुलका जी अधीवन तेसं्रो तथा बंगलादेशका नियाज खुर्सीयाद चौथो भए ।

चेन्नाइमा उपाधि जित्ने पहिलो भारतीय बनेका आन्ध्र प्रदेशका ललितबाबुले केही महिना अघि चेन्नाईमा नै कमनवेल्थ चेसको उपाधि जितेका थिए । अन्तिम खेलमा ललितबाबुले ३४औँ चालमा स्वप्निल धोपडेलाई पराजित गरे । लु सांघाइले आन्द्रे डेभेटकिनलाई हराए भने अधिवन र नुर्सियादबीचको खेल बराबरी भयो । नेपाली खेलाडीको सन्दर्भमा शूरवीर लामाले ६.५ कृष्ण थापाले ६, उमेस केसीले पाँच, सुशील चौधरीले पाँच, प्रचण्ड मालाकारले ४.५ तथा विपिन अमात्यले ४ अंक जोडे ।
यसअघि, महाराष्ट्रका स्वप्निल धौपडेले खेल जीवनको तेस्रो जिएम नम्र्स पूरा गरेका थिए । प्रतियोगिताको १०औँ चरणमा शीर्ष वरीयताका अलेक्जेन्डर अलेक्सेभलाई पराजित गर्दै उनले नौ गेम नम्र्स पूरा गरेका थिए । उनले यसअघि कोलकातामा भएको भारतीय राष्ट्रिय च्याम्पियनसिप र कोलकातामै भएको रोजभ्याली च्याम्पियनसिपमा जिएम नम्र्स पाएका थिए । ग्रान्डमास्टर हुन अब उनले २५ सय रेटिङ पूरा गर्नु पर्नेछ ।

प्रतिक्रिया