धु्बे आतंक किन ?

चितवन राष्ट्रिय निकुञ्जको हात्ती धु्बे अहिले जताततै ‘हट केक’ बनेको छ । संरक्षण क्षेत्रमा एकखाले बहस सुरु त भएको छ नै राजनीतिज्ञका बोलीदेखि फेसबुक, ट्विटरका जोक्समा अहिले धु्रबे बिरलै छुट्छ । यसकारण निकुञ्जमा बार्डेनसम्म फेरिए तर धु्रबे आतंक किन भयो र आतंक जन्मनु पछाडिको नेपाली संरक्षण कार्यनीति कतिसम्म दोषी छ भन्ने चुरो विषयले भने अझै बहसमा प्रवेश पाएको छैन । धु्रबेको यो स्वभाव कुनै नौलो होइन । जवान हात्ती ध्रुबेको पोथीसँग सम्पर्क राख्ने चाहना तीव्र हुने समयमा एक्लो भयो । जंगली हात्तीको आकर्षण भने निकुञ्जकै ध्वरुब पोष्टमा रहेको पोथी हात्तीसँग थियो । एकातर्फ ऊ जंगलमा आफ्नो समूहबाट छुट्टिनु पर्दाको पीडा झेलिराखेको थियो भने अर्कोतर्फ मन परेकी पोथी हात्तीसम्म पुग्नसमेत सक्दैनथ्यो । यसरी मनोवैज्ञानिक समस्या झेलिराखेको थियो धु्रबेले । र, त्यो कुनै अस्वभाविक पनि होइन । जब कुनै हात्ती एक्लोपनबाट निस्किएको मनोवैज्ञानिक अभाव झेल्छ, ऊ आक्रामक बन्छ । फलस्वरूप ३० मंसिरमा माडीका बुद्धिविराम र जरिया बोटे उसको १५औँ मानवीय सिकार बने ।
सुरक्षार्थ रहेको सेनाको ध्वरुब पोष्टमा बसेका सेनाका जवानलाई लखेट्ने र त्यहाँका घर भत्काउने काम गरी उसले आतंक मच्चाएको थियो । तर, त्यहाँ रहेका सैनिक जवानले पोथीसँग भेट्न नदिएको ठानेर उसले घर भत्काउने र मान्छे ताक्ने गर्न थालेको थियो । निकुञ्जले त्यसलाई मनोवैज्ञानिक समस्याको रूपमा कहिल्यै हेर्न चाहेन । जसकाकारण त्यही साल माघमा सेनाका जवान रिद्धिवीर दोङलाई उसले पहिलो सिकार बनायो । हात्तीपोलोमा एम्पाएर भएर खेल्ने शमशेरगजलाई पोलो खेल्दै गरेको समयमा जुधेर मार्‍यो । तर, निकुञ्ज प्रशासनले यसलाई विनासक ठानेन । पछिल्लो घटना लगत्तै माडीका बासिन्दा, राजनीतिक दलका स्थानीय नेतासहित निकुञ्जको मुख्यालय कसरा पुगेका थिए । त्यसबेला उनीहरूले धनजनको क्षतिपूर्तिसहित हात्तीलाई तत्काल मार्नुपर्ने मात्र माग राखेनन्, भरतपुरबाट माडी जाने सडक २५ मिटर चौडा बनाउनु पर्ने मागसमेत तेस्र्याए । यसले दिने संकेत के हो भने यहाँ संरक्षण र मध्यवर्ती क्षेत्रलाई संवेदनशील रूपमा कहिल्यै लिइएन । कतिले यसलाई राजनीतिक खेलको भूमि बनाए भने कोहीले तस्करीको माध्यम बनाए । प्राय: अशिक्षित एवं गरिबीको चपेटामा रहने मध्यवर्ती क्षेत्रका जनता आपैँm केही वैज्ञानिक बाटो तय गर्नुपर्ने माग राख्न सक्दैनन्/जान्दैनन् । तर, सरकार पनि त्यसको संवेदनशीलता बिर्सेर आवरणका काममा अल्झिन मिल्दैन ।
विश्वमा संख्यात्मक रूपमा घट्दै गइरहेको हात्तीजस्तो जनावर एउटा मात्रै पनि मर्नु भनेको सानो कुरा होइन । हामी आफूसँग भएको बहुमूल्य वन्यजन्तुको स्याहार र संरक्षण गर्न सक्दैनौँ र त्यसलाई घाँडो सम्झिन्छौँ । धु्रबेको हकमा पनि भएको त्यही हो । संरक्षणको इतिहासमा यस्ता थुप्रै समस्या अफ्रिकी र दक्षिण अमेरिकी देशमा पनि आइरहन्छन् । तर, अन्तिमभन्दा अन्तिम विकल्प पर्खेर उनीहरू जनावर मार्ने विकल्पलाई निकै कम प्राथमिकतामा राख्छन् । धु्रबेलाई न कहिल्यै पक्रेर प्रभावकारी उपचारमा लगियो न त अन्य मनोवैज्ञानिक कदम चालियो । यहाँ एउटा निकुञ्ज प्रशासन र प्रमुख जिल्ला अधिकारीकै पहलमा ध्रुबेलाई मृत्युदण्ड दिने कमजोर नियमकै सहारा लिइयो । यसले लिनसक्ने गलत संस्कारका बारेमा कत्ति पनि सोचिएन । भलै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को परिच्छेद–२ राष्ट्रिय निकुञ्ज तथा आरक्षसम्बन्धी व्यवस्था खण्ड ३६ अनुसार कुनै वन्यजन्तु वा पंक्षीलाई हानिकारक घोषित गर्न सकिने र त्यसरी हानिकारक घोषित गरिएका वन्यजन्तु वा पंक्षीलाई सोही सूचनामा तोकिएको सर्त र बन्देजका अधिनमा रही धपाउन, लखेट्न, पक्रन वा मार्न सकिने व्यवस्था छ । त्यहाँसमेत यस्ता कामलाई अन्तिम विकल्पको रूपमा धपाउने, लखेट्ने, पक्रने र अन्तिम विकल्पका रूपमा मार्ने राखिएको छ । तर, हामी प्रत्युत्पादक तर सहज हुने ठान्दै सिधै अन्तिम विकल्प रोज्छौँ । त्यही हाम्रो संरक्षणका नाममा सबैभन्दा ठूलो कमजोरी हो ।
दर्जनौ राउन्ड गोली र ५० भन्दा बढी सेना प्रयोग गर्दासमेत धु्रबे अझै नियन्त्रण लिन सकिएको छैन । यसले दिने अर्को पाठ के हो भने एउटा जानिराखिएको हात्ती नियन्त्रणमा लिन निकुञ्ज सक्दैन भने त्यहाँ तस्कर त सहजै हराउँछन् । फेरि तीन वर्षदेखि यसको अनियन्त्रित चालामाला जानिएको पनि हो । धु्रबे भाले हात्ती भएको र पोथी हात्तीप्रति आकर्षित हुँने हुँदा त्यसलाई लोभ्याउन होटल टाइगर टप्स नजिकै निकुञ्जको पोथी हात्ती पनि राखियो । गतिविधि थाहा पाउन निकुञ्जका प्राविधिक टोलीले रेडियो कलर जडान पनि गर्‍यो । तर, कुनै पनि कार्य प्रभावकारी नहुनुमा हामी कतिसम्म पुरातन ढंगबाट वन्यजन्तु संरक्षणको काममा लागेका छौँ भन्ने स्पष्ट हुन्छ । अहिले चितवन राष्ट्रिय निकुञ्ज छेउछाउमा बसोबास गर्ने सर्वसाधारण जंगली जनावरको आक्रमण बढेपछि त्रसित बनेका छन् । साँझ छिट्टै ढोका बन्द गरेर सुत्ने गरेका छन् । कतिखेर आएर गाईभँैसीको त कुरै छाडौँ मान्छेलाई नै बोकेर लग्ने हो भन्ने चिन्ता लागेको हुन्छ ।
यदि समयमै यस विषयमा सतर्कता अपनाएर थप क्षति रोक्नका लागि पहल गरिएको भए यो दिन आउने थिएन । कारण धु्रबे अब झन् बढी बौलाएको हुनसक्छ । अब, निर्णय फिर्ता नै लिए पनि धु्रबेलाई सुधार्न निकै ढिलो भइसकेको छ । तर, धु्रबेले हामी सबैलाई एउटा चुनौती दिएर गएको छ, हामी मानव त हौँ तर हाम्रो कदम पनि पशुभैँm विवेकशून्य रहेछ भन्ने । र, हाम्रो संरक्षण कार्यनीति यही हुने हो भने एउटा धु्रबे मर्दैमा खेल खत्तम भइहाल्दैन । शारीरिक र मानसिकरूपमा अस्वस्थ ध्रुबे जस्ता वन्यजन्तुलाई उपचार गर्नका लागि र मानवीय बस्तीमा जानबाट रोक्नका लागि वैज्ञानिक पद्धति र संरचनाको व्यवस्था गरिनु आवश्यक छ । धु्रबेभन्दा पनि हाम्रो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षणसम्बन्धी कार्यनीति अवैज्ञानिक तथा अव्यवहारिक छ । जसले धेरै धु्रबेहरू जन्माउने र बुद्धिराम र जरिया बोटेजस्ता अरू निर्दोष जनताको ज्यान जाने निश्चित छ । धु्रबेले एउटा पागल हात्तीको मात्र प्रतिनिधित्व गर्दैन यसले समग्र नेपाली संरक्षण नीतिको पागलपनलाई समेत प्रतिनिधित्व गरेको छ । त्यसैले धु्रबेलाई खोज्ने, समाउने र मार्ने नाममा जंगल सफारी गर्नुभन्दा पनि धु्रबे आतंकजन्य परिस्थितिलाई मार्नको लागि धु्रबे आतंक किन भयो भन्ने प्रश्नको उत्तरको खोजी गरी दीर्घकालीन समाधानको बाटोमा लागे उत्तम हुन्छ ।
(लेखक पोखरा विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गर्दै छन् ।)
धधध।उबगमभपिगmबच।अयm।लउ

प्रतिक्रिया