१२० अध्यापकलाई अनुसन्धान तालिम

काठमाडौं : विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. गणेशमान गुरुङले उच्च शिक्षामा अनुसन्धान कार्यलाई बढी महत्त्व दिनुपर्ने बताएका छन् ।
आयोगद्वारा महेन्द्ररत्न क्याम्पस ताहाचलमा आयोजित ५ दिने अुनसन्धान तालिमको समापनका अवसरमा अध्यक्ष गुरुङले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिमा अनुसन्धानले मद्दत पुर्‍याउने बताए । उनले विश्वविद्यालयमा प्राध्यापन गर्ने शिक्षकलाई नियमित र निरन्तर रूपमा अनुसन्धान गर्न आग्रहसमेत गरे । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रजिस्टार प्रा.डा. गुणनिधि न्यौपाने र शिक्षाशास्त्र संकायका डिन प्रा.डा. प्रकाशमान श्रेष्ठले पनि मन्तव्य राखेका थिए ।
उक्त तालिममा स्नातकोत्तर तहमा अध्यापन गर्ने १ सय २० शिक्षक सहभागी थिए । तालिमका क्रमका अनुसन्धान समस्या, परिकल्पना निर्माण, अनुसन्धान विधि, प्रस्तावना लेखनलगायत विभिन्न शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुका साथै अन्तरक्रिया पनि गरिएको थियो । (सौस)

प्रतिक्रिया