बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिबाट पाठ सिक्दै मुलुकलाई वर्तमान संकटपूर्ण अवस्थाबाट कसरी मुक्ति दिलाउन सकिन्छ ?

मुलुकमा राष्ट्रियता र लोकतन्त्र संकटपूर्ण अवस्थामा रहेका बेला बिपी कोइरालाले राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएका थिए । आजभन्दा करिब ३७ वर्षअघि नेपालमा पञ्चायती शासनव्यवस्था रहेका बेला राष्ट्रको तत्कालीन परिस्थिति र संकटलाई मध्यनजर गर्दै बिपीले सबै पक्षबीच मेलमिलाप गरी एकताबद्ध भई मुलुकको राष्ट्रियता जोगाउन यो नीति लिएका थिए । उनको यो नीति वर्तमान अवस्थामा पनि उत्तिकै समसामयिक र सान्दर्भिक छ । उतिबेला पनि नेपालमा राष्ट्रियता र लोकतन्त्र खतरामा परेका थिए र अहिले पनि खतरामा नै परेका छन् । यद्यपि, खतरामा पर्ने कारणहरू फरक हुन सक्छन् । राजनीतिक दलहरू चारैतिर फर्किएका बेला र अहिलेको संकटपूर्ण अवस्थाबाट मुलुकलाई जोगाउन पनि सबै पक्षबीच राष्ट्रिय एकता र मेलमिलाप आवश्यक छ । अहिलेको राजनीतिक र संवैधानिक संकटबाट मुलुकलाई मुक्ति दिलाउन बिपीले लिएको मेलमिलापको नीतिबाट हाम्रो राजनीतिक नेतृत्वले पाठ सिक्नुपर्छ । एकले अर्कोलाई आरोप–प्रत्यारोप गर्दै राष्ट्रिय राजनीतिमा कसैले कसैलाई निषेध गरेर हामीसामु रहेका समस्या समाधान हुन सक्दैनन् ।

प्रतिक्रिया