राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि राजनीतिक दलहरूलाई समय थप्दै जाँदा मात्रै राष्ट्रिय सहमतिको सरकार गठन हुन सक्ला र ?

मुलुक विगत लामो समयदेखि संवैधानिक र राजनीतिक संकटबाट गुज्रिरहेको अवस्था छ । राजनीतिक दलका नेताहरू सत्तालिप्साका लागि मात्रै लागिपरेका छन् । राष्ट्र र जनताका प्रमुख आवश्यकता के हो
भन्नेबारेमा दलका नेताहरू जिम्मेवार हुन सकिरहेका छैनन् । मुलुकसामु देखा परेका राजनीतिक र संवैधानिक संकट सामाधान गर्न दलबीच सहमतिको विकल्प नभएको अवस्थामा एकअर्काप्रति आरोपप्रत्यारोपमा मात्रै लागेर समस्या समाधान हुन सक्ने अवस्था छैन । दलबीच सहमति नहुँदा अन्य विकल्पबाट हामीसामु रहेका समस्या समाधान गर्न असम्भव छ । त्यसैले राष्टपतिले पनि सबै राजनीतिक दलबीच सहमति गरेर राष्ट्रिय सहमतिको सरकार गठन होस् र मुलुकमा चाडै निर्वाचन होस् भनेर नै समय थपिरहेका हुन् । विगतमा राष्ट्रपतिले दिएका समयावधिलाई राजनीतिक दलका नेताले व्यर्थमा बिताएका छन् । यसले सबैमा निराशा बनाएको छ । पछिल्लोपटक थपिएको समयमा अब दलबीच घनीभूत रूपमा वार्ता, संवाद र छलफल गरी समस्या समाधानका लागि गम्भीर भएर लाग्नुपर्छ । अहिले मुलुकसामु रहेका समस्या समाधान गर्न राष्ट्रपति निर्णायक भूमिकामा रहेका छन् ।

प्रतिक्रिया