मच्छिन्द्रको प्रभावकारी जित

काठमाडौं : मच्छिन्द्र क्लबले यस वर्षको रेडबुल ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको अंक तालिकामा शीर्ष स्थानको थ्री स्टार क्लबसँगको दूरीलाई छोट्याएको छ । शुक्रबार भएको खेलमा मच्छिन्द्रले मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्‍यो । शीर्ष स्थानमा रहेको थ्री स्टारको २२ अंक छ भने आरसिटी र मच्छिन्द्रको समान २० अंक छ । चौँथो स्थानमा रहेको मनाङको १८ अंक छ । आइतबार नै भएको खेलमा मध्यपुर युथ एसोसिएसनलाई १–० ले पराजत गरेको संकटा क्लब १६ अंकसहित पाँचौँ स्थानमा छ । मध्यपुर ७ अंकसहित रेलिगेसन क्षेत्रमा रहेको छ ।
मच्छिन्द्रलाई जित दिलाउने क्रममा कर्ण लिम्बूको भूमिका महत्त्वपूर्ण रह्यो । एक गोलले पछि परेको मध्यपुर कर्णकै गोलका कारण खेलमा फर्किएको थियो भने उनकै पासमा विशाल राई ‘ए’ ले निर्णायक गोल गरे । २३आँै मिनेटमा अमिर श्रेष्ठको कर्नरमा हेड गर्दै एमबाइल स्टेफनले मनाङलाई अग्रता दिलाएका थिए । ६२आँै मिनेटमा मनाङका रक्षक विकास सिंह क्षत्रीले गल्तीको फाइदा उठाउँदै कर्णले बराबरी गोल गरे । अर्को खेलमा मध्यपुरले लगातार आक्रमण गरे पनि कमजोर फिनिसिङका कारण पराजय स्विकार्न बाध्य भएको थियो । डेभिसको प्रहार साइडबारमा लाग्नु मध्यपुरको दुर्भाग्य बन्यो । लामो मसयपछि नेपाली फुटबलमा फर्किएका रितेस खड्का भने प्रभावकारी देखिएका थिए । संकटाका लागि ७४आँै मिनेटमा साजन श्रेष्ठले गोल गरे । (सौस)

प्रतिक्रिया