दीपाले ल्याइन् ‘कालो गाजल’

काठमाडौं : अचेल गायक गायिकाले आफ्नो एल्बमको नाम पनि शृंगारका सामानबाट जुराउन थालेका छन् । यस्तैमा गायिका दीपा पन्तले पनि आफ्नो नयाँ एल्बमको नाम पनि शृंगारसँग सम्बन्धित नामबाट जुराएकी छन् । नाम हो ‘गाजल’ । ‘रियालिटी’ र ‘दिलको बदला’ नामक दुई आधुनिक तथा पप गीतसंग्रह एल्बम यस अगाडि
बजारमा ल्याएकी दीपाको यो तेस्रो एल्बम हो ।
पप गायनबाट सांगीतिक यात्राको पाईंला बढाएकी दीपाले दोस्रो एल्बम ‘दिलको बदला’बाट आधुनिक तथा सुगमसंगीतमा पाईंला चालिन् । पहिलो ‘रियालिटी’र दोस्रो दिलका बदलामा दिलको सफलताले दीपाले छिट्टै नै तेस्रो एल्बम ल्याएकी हुन् । दोस्रो एल्बम बजारमा ल्याएको एक वर्ष नबित्दै तेस्रो एल्बम ‘कालो गाजल’ ल्याएकी दीपाले आफ्ना केही पुराना गीतहरू पनि यसमा समेटेकी छन् ।
कालो गाजल, दिलको बदला, दुखाउदिन मुटु, जानीजानी, सझायौनी, पाउजुको छमछम र जहिले तिमीलाई लगायत बोलका गीत एल्बममा रहेका छन् । संगीत तथा शव्द प्रिन्सको रहेका एल्बमलाई एम सिरिज इन्टरटेन्मेन्टले बजारमा ल्याएको हो । (सौस)

प्रतिक्रिया