सक्रिय बुढ्यौली जीवन र श्रम बजार

विश्वका अरू मुलुकमा जस्तै नेपालमा पनि ज्येष्ठ नागरिकको जनसंख्या वृद्धिदर अरू उमेर समूहको भन्दा धेरै छ । ज्येष्ठ नागरिकको संख्या बढ्नु भनेको अरूमा आश्रित जनसंख्याको वृद्धि हुनु मात्रै होइन, लामो जीवनबाट प्राप्त अनुभव, ज्ञान र सीपका धनी व्यक्तिहरूको संख्या समाजमा धेरै हनु पनि हो । ज्येष्ठ नागरिकमा हुने त्यस्तो ंअनुभव, ज्ञान र सीपको उपयोगबाट समाज विकासको क्रमलाई सही दिशातर्फ छिटो अगाडि बढाउन सकिन्छ । त्यसैले ज्येष्ठ नागरिकका ती क्षमताको पूर्णउपयोग गर्ने उद्देश्यले नीतिगत तथा संस्थागत व्यवस्था गरी उनीहरूलाई औपचारिक श्रम बजारमा सहभागी गराएमा समाज, देश र ज्येष्ठ नागरिक आपैँmलाई समेत धेरै फाइदा हुने कुरा विभिन्न अध्ययन प्रतिवेदनबाट पुष्टि भइसकेको छ ।

सन् २००२मा विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले परिभाषित गरेअनुसार, ‘उमेरसँगै जीवनको गुणस्तर राम्रो राख्नका लागि उपलब्ध स्वास्थ्य सेवा, सुरक्षा तथा समाजमा सहभागिताका अवसरहरूको समुचित प्रयोग गर्ने प्रक्रियालाई सक्रिय बुढ्यौली भनिन्छ ।’ शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक सेवामा पहुँच पाउनु ज्येष्ठ नागरिकको अधिकार हो । त्यो अधिकारको उपयोग गर्न आवश्यक जानकारी र सेवा उनीहरूले पाउनुपर्छ ।
ज्येष्ठ नागरिक भनेको निष्क्रिय नागरिक मात्र होइन । उनीहरू पनि सक्रिय भई देश र समाजलाई योगदान दिन सक्छन् । ज्येष्ठ नागरिकहरू ज्ञान र सीपका धनी हुन्छन् । त्यस ज्ञान र सीपलाई प्रयोग गर्न पाउनु उनीहरूको अधिकार हो । त्यस्तै, उनीहरूमा निहित ज्ञान र सीपबाट लाभान्वित हुन पाउनु नयाँ पुस्ताको पनि अधिकार हो । त्यसैले ज्येष्ठ नागरिकलाई औपचारिक श्रम बजारमा संलग्न गराई उनीहरूको र नयाँ पुस्ताको अधिकार र अवसरको उपयोग गर्नु आजको आवश्यकता हो ।
विश्व जनसंख्या कोष ९ग्लएब्० र हेल्पएज इन्टरनेसनलले हालै ‘एक्काइसौँ शताब्दीमा उमेरिनु : एक उत्सव तथा चुनौती’ ९ब्नभष्लन ष्ल तजभ त्धभलतथ ाष्चकत ऋभलतगचथस् ब् ऋभभिदचबतष्यल बलम ब ऋजबििभलनभ० शीर्षकको प्रतिवेदन प्रकाशमा ल्याएका छन् । त्यस प्रतिवेदनबाट के स्पष्ट भएको छ भने विश्वका ज्येष्ठ नागरिकहरू अनौपचारिक क्षेत्रमा सक्रिय छन् । उनीहरूले सुसारे, मतदाता, स्वयंसेवक, व्यवसायी आदिको भूमिका निर्वाह गर्दै समाज विकासमा योगादन पुर्‍याइरहेका छन् । त्यो प्रतिवेदनबाट के पनि स्पष्ट भएको छ भने सुरक्षा आदिको उचित व्यवस्थापन गर्न सकियो भने ज्येष्ठ नागरिकबाट विश्वको वर्तमान र आउँदो समाजले धेरै फाइदा लिन सक्छ ।
सन् २००६ सालमा चंङ्ग, चान र फिलिप्स नामका व्यक्तिहरूले गरेको अध्ययनअनुसार ज्येष्ठ नागरिकलाई श्रम बजारमा संलग्न गराएमा उमेर विभेद ९ब्नभष्कm० अर्थात् उमेरका आधारमा गरिने भेदभाव हटाउन मद्दत पुग्छ । यति मात्र होइन, ज्येष्ठ नागरिकलाई औपचारिक श्रम बजारमा संलग्न गराएमा उनीहरूको स्वास्थ्य राम्रो हुन्छ । उनीहरूको स्वास्थ्य राम्रो हुनु भनेको सरकारले उनीहरूको स्वास्थ्य उपचारको लागि कम पैसा खर्च गर्नु मात्र होइन, उनीहरूको उत्पादन गर्ने क्षमता बढ्नु पनि हो । यसरी उनीहरूलाई औपचारिक रूपमा श्रम बजारमा सहभागी गराउनाले ज्येष्ठ नागरिकलगायत सरकार, समाज र राष्ट्र सबैलाई फाइदा हुन्छ ।
उमेरलाई आधार मानेर ‘श्रमिक’ र ‘ज्येष्ठ नागरिकबीच फरक छुट्याउनु पर्ने भए पनि यसका लागि कुनै निश्चित सर्वमान्य वा विवादरहित परिभाषा पाइँदैन । यतिसम्म कि संयुक्त राष्ट्र संघ ९ग्ल्० को आफ्नै आंगिक निकायहरूको परिभाषामा समेत भिन्नता देख्न सकिन्छ । अन्तर्राष्ट्रिय श्रम संगठन ९क्ष्ीइ० अनुसार १५ वर्षदेखि ६४ वर्षका मानिस श्रमिक अर्थात आर्थिक रूपले क्रियाशील व्यक्ति हुन् । तर संयुक्त राष्ट्र संघकै अर्को निकाय विश्व स्वास्थ्य संगठन ९ध्ज्इ० ले ६० वर्ष पुगेकालाई ज्येष्ठ नागरिक मान्दै आएको छ । यसरी एउटै संस्थाको अंग मानिने निकायहरूबीचका फरक धारणाहरूलाई मध्यनजर गर्दा ६० देखि ६४ वर्षका मानिसलाई श्रमिक मान्नुको साथै ज्येष्ठ नागरिक पनि मान्न सकिन्छ ।
यसरी, ज्येष्ठ श्रमिक ९इमिभच ध्यचपभच० लाई परिभाषित गर्ने कुनै सर्वमान्य परिभाषा नभए पनि विश्वका सबै मुलुकले युरोपेली संघ ९भ्ग्० र अन्तर्राष्ट्रिय श्रम संगठन ९क्ष्ीइ० को परिभाषालाई मान्दै आएका छन् । युरोपेली संघकाअनुसार ५५ देखि ६४ वर्षसम्मको मानिसलाई ज्येष्ठ श्रमिक भनिन्छ भने क्ष्ीइ ले ६५ वर्ष पुगेका र नाघेकालाई समेत ज्येष्ठ श्रमिक भन्ने गरेको छ ।
संसारका प्राय: सबै देशहरूमा अवकाश दिने उमेर ६० वा ६५ वर्ष रहेको पाइन्छ । तर, विकासोन्मुख देशमा प्राय: नागरिकहरू अनौपचारिक क्षेत्रमा कार्यरत रहने हुँदा उनीहरूलाई अवकाश दिने प्रक्रियाको खासै महत्त्व रहेको पाइँदैन । महंगी र गरिबीका कारण विकासोन्मुख देशका मानिस ६०–६५ वर्ष पुगे पनि उनीहरू काम गर्न बाध्य छन् । संयुक्त राष्ट्र संघकै अर्को अंग संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक विभाग ग्ल्म्भ्क्ब् ले गरेको एक सर्वेक्षणअनुसार एसियामा ६५ वर्ष माथिका मानिसमध्ये ३८ प्रतिशत पुरुष र १३.२ प्रतिशत महिला श्रम बजारमा सक्रिय छन् ।
अमेरिका, बेलायत, जर्मनीलगायत देशमा कुनै पनि नागरिकले ६५ वर्ष पुगेपछि औपचारिक श्रम बजारबाट अवकाश प्राप्त गर्छन् भने नेपालमा सरकारी सेवाबाट ५८ वर्षमै अवकाश पाउँछन्् । संसारका विभिन्न मुलुकले आफ्ना श्रमिकलाई छुट्टाछुट्टै उमेरमा अवकाश दिने गरेका छन् । सन् २००६ मा अमेरिकन एसोसियसन अफ रिटायर्ड पर्सन्स ९ब्ब्च्ए० नामक संस्थाले गरेको एक अध्ययनअनुसार संसारमा सबैभन्दा कम उमेर (५० वर्ष) मा अवकाश दिने देश श्रीलंका र टर्की हुन् भने सबैभन्दा धेरै उमेर (६७ वर्ष) मा अवकाश दिने देश आइसल्यान्ड र नर्वे हुन् ।
तर कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात बढ्दै गएको हालको अवस्थामा औपचारिक श्रम बजारमा ज्येष्ठ नागरिकको सहभागिताबारे रहेका परम्परागत सोचमा परिवर्तन आउन थालेको छ । त्यसैले अवकाश दिने उमेरमा पनि परिवर्तन देखिन थालेको छ । हालसालै अमेरिकाले आफ्ना नागरिकलाई अवकाश दिने उमेर ६५ बाट बढाएर ६७ वर्ष बनाएको छ । त्यस्तै बेलायतलगायत अरू युरोपेली राष्ट्रहरू पनि आफ्नो नागरिकलाई औपचारिक श्रम बजारबाट अवकाश दिने उमेर बढाउने तरखरमा
छन् । जर्मनीले त यसै वर्ष अवकाशको उमेर ६७ वर्ष गर्ने भनी संसद्बाट पास नै गरिसकेको छ ।
अवकाश प्राप्त गर्नु भनेको कुनै पनि व्यक्तिको सक्रिय जीवनको अन्त्य हुनु वा आराम गरेर बस्ने दिनको सुरुआत हुनु हो भन्ने खालका परम्परागत सोचलाई विभिन्न देश र समाजले त्याग्न थालेका छन् । उनीहरू अवकाश प्राप्त गर्नु भनेको अर्काे चरणको सक्रिय जीवनको थालनी हो भन्ने सोचका साथ अघि बढ्दै छन् ।
ज्क्द्यऋ नामक एक संस्थाले सन् २००५ मा गरेको एक अध्ययनअनुसार संसारमा अवकाश दिने नीतिनिर्माणको काम करिब एक शताब्दी अघि सुरु भएको थियो । त्यसबेला मानिसको औसत आयु कम भएकाले अवकाश पनि छिट्टै दिने चलन थियो । सामान्यतया त्यसबेलाका मानिस अवकाश पाएपछि अर्को एक वर्ष मात्र बाँच्ने गर्थे । तर, अहिले मानिसको औसत आयु बढ्ने क्रममा छ । अहिलेचाहिँ अवकाश पाएपछि अर्को २० वर्ष वा सोभन्दा धेरै बाँच्नु सामान्य मानिन्छ । यसरी थपिएको आयुलाई औपचारिक श्रम बजारमा संलग्न गराउनु आजको आवश्यकता हो । यो आवश्यकतालाई महसुस गरी अन्य मुलुकहरूलेजस्तै नेपालले पनि आफ्ना ज्येष्ठ नागरिकलाई औपचारिक श्रम बजारमा सहभागी हुने अवसर दिनु आवश्यक छ । अन्यथा आजका ज्येष्ठ नागरिकमा भएको अनुभव, सीप र ज्ञानबाट लाभान्वित हुने अवसरबाट सिंगो समाज वञ्चित हुन्छ र राष्ट्र विकासको काम जति छिटो सही दिशातर्फ अगाडि बढाउन सकिन्थ्यो त्यति सकिन्न । त्यस्तो अवस्था हुनु ज्येष्ठ नागरिकलगायत कसैको पनि हितमा हुँदैन ।
(कार्यक्रम अधिकृत, एजिङ् नेपाल)

प्रतिक्रिया