वैदेशिक रोजगारीमा जाने युवा ठगिने घटना अत्यधिक बढिरहेका छन्, किन ?

स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न नसक्दा दिनहुँजसो सयौँ नेपाली युवा वैदेशिक रोजगारीका लागि बिदेसिने गरेका छन् । राजनीतिक अस्थिरताका साथै उद्योग व्यवसायका लागि अनुकूल वातावारण नहुँदा पनि बिदेसिने युवाको संख्या दिन प्रतिदिन बढ्दो छ । त्यसमा वैदेशिक रोजगारीमा जानुपूर्व आवश्यक पर्ने जानकारी तथा अभिमुखीकरणको अभावले पनि यस्ता घटना बढाएको हो । अस्थिर राजनीतिक अवस्थाका
कारण स्वदेशमा रोजगारीका अवसर सिर्जना हुनुको साटो खुलेका उद्योग कलकारखाना पनि बन्द हुँदै गइरहेका छन् ।
विदेश गएर धेरै पैसा कमाएर रातारात धनी हुने चाहनाका कारण यस्तो प्रवृत्तिले बढी प्रश्रय पाइरहेको छ । अन्य क्षेत्रजस्तै वैदेशिक रोजगारीमा प्रतिस्पर्धा पनि अत्यन्त छ । डिमान्ड थोरै छ भने प्रतिस्पर्धा त्यसको तुलनामा अत्यधिक छ । साथै, ठगीका घटना नियन्त्रणका लागि राज्य पक्षबाट गरिनुपर्ने सचेतनाका पहल पनि भएका छैनन् । साथै, ठगीमा संलग्न व्यक्तिलाई राज्यले आवश्यक कारबाही गर्न नसक्दा यस्तो अवस्था बढिरहेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन राज्यबाट आवश्यक अनुगमन नगरिँदा पनि ठगीका घटना न्यूनीकरणमा कठिनाइ उत्पन्न भएको छ । सर्वप्रथम त वैदेशिक रोजगारीमा जानुभन्दा पहिले आफू कुन देश र कस्तो कामका लागि जान लागेको हो, त्यसबारे राम्रोसँग जानकारी लिनु आवश्यक हुन्छ ।

प्रतिक्रिया