खाद्य संस्थानले सुरुमा बजारको भन्दा कम दर राखेर धान खरिद गर्न नसकेको पक्कै हो । किसान र बजारको मूल्यलाई ध्यानमा राखेर संस्थाले पुन: मूल्य बढाएर आइतबारदेखि नै धान खरिद गर्ने काम अघि बढाएको छ । भोकमरी हुने क्षेत्रका जनतालाई संस्थानले समयमै चामल ढुवानी गर्न सकियोस् भनेर मूल्य बढाएर धान खरिदको प्रक्रिया थालिएको हो । अब संस्थानको लक्ष्यअनुरूप धान खरिद गर्न नसके पनि खाद्यान्न संकट हुने क्षेत्रका लागि समस्या हुने छैन ।
सुरुमा धानको मूल्य निर्धारण ढिला हुनु र कम दर कायम गरिनुले केही समस्या उब्जिएको हो । अञ्चल कार्यालयले तत्काल धानको मूल्य बढाउनुपर्ने ठहर गरी मूल्य बढाइसकिएकाले संस्थानको मोहनपुर र टीकापुर संकलन केन्द्रमा धान संकलन भइरहेको छ । हालसम्म ४ सय क्विन्टल बढी धान संकलन भइसकेको र किसानले धान ल्याउने क्रम जारी रहेको छ । यस कारणले पनि खाद्यसंकट हुने देखिदैन् । त्यसका लागि खाद्य संस्थान गम्भीर भएर लागि रहेको छ ।
संस्थानले सबैसँग छलफल गरेर पहिलेको भन्दा प्रतिक्विन्टल सबै धानमा कम्तीमा ५० रुपियाँभन्दा बढी बढाएको छ । यसले चामलको मूल्य बढी भए पनि खाद्यसंकट भने हुँदैन । यसप्रति संस्थान सजग छ ।
प्रतिक्रिया