चिर्पट प्रहार गर्दा भाउजुको मृत्यु

सिन्धुली, ६ पुस । सिन्धुली जिल्लामा भाउजुको हत्या गर्ने रविन्द्र अधिकारी दनुवारलाई प्रहरीले पक्राउ गरेको छ ।
हषाई–९ बस्ने ३० वर्षीय रविन्द्रले विहीबार ३५ वर्षीया भाउजु श्यामकुमारी दनुवारलाई चिर्पटले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
जग्गाको बिषयलाई विवाद भए पछि रविन्द्रले भाउजु श्यामकुमारीलाई चिर्पटले टाउकोमा प्रहार गरेका थिए । चिर्पटले लागेर गम्भीर घाईते उनको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया