प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पद त्याग गर्न नमान्नुको कारण के हो ?

 
सत्ताकब्जाको रणनीति र अभीष्ट पूरा गर्न अहिले एनेकपा
(माओवादी) मा चुनाव नगराउने र आफ्नो सत्ताको आयु लम्ब्याउँदै जाने घातक सोचले काम गरेको छ । एमाओवादी सहमतिको सत्ता गठबन्धन निर्वाचन, लोकतान्त्रिक मूल्य, मान्यता र पद्धतिसँग डराइरहेको छ । नेपाली जनता सर्वोच्च हुन, निर्वाचन लोकतन्त्रको गहना हो । तर, एमाओवादी यसबाट बिमुख हुन खोज्दै छ । बाबुरामजी कुर्सीका लागि अति लोभी देखिए । जसले भविष्यमा मुलुकमा असामान्य स्थिति पैदा गर्न सक्छ ।
सत्ता गठबन्धनले निर्वाचन नचाहनुका धेरै कारण छन् । यो अलोकतान्त्रिक, नालायक र भ्रष्ट सरकारमा रहेकाहरू जनतासामु जानसक्ने अवस्थामा छैनन् । एमाओवादीलगायत मधेसकेन्द्रित दलहरू आपसमा विभाजित भएका छन् । अहिले उनीहरूका लागि पहिलाको जस्तो अनुकूल अवस्था छैन । एमाओवादीसँग उनीहरूका पूर्वलडाकुहरू रुष्ट बनेका छन् । अहिले उनीहरूसँग हतियार छैन । र, जनताले पत्याउने अवस्था पनि रहेन । यहीकारणले उनीहरू निर्वाचन नगर्ने मनसाय बनाएर वार्ताको नाटक मञ्चन गर्दै छन् । सहमतिका लागि अभिव्यक्ति दिने र प्रतिबद्धता जाहेर गर्ने उनीहरूको पुरानै बानी हो ।
सहमति र सहकार्य नगर्ने भनेको आपैँm बोक्सी आपैँm धामी बन्नुजस्तै हो । एमाओवादी सत्ता जाने डरले निर्वाचन गर्न चाहिरहेको छैन । यहीकारण चार वर्षसम्म नमिलेका संविधानका बुँदाहरू चार दिनमा मिलाउने कुरा गर्दै छ । यो घोर अलोकतान्त्रिक र गैरजिम्मेवार अभिव्यक्ति हो । एमाओवादीका नेताहरूको विश्वास नगरे हुन्छ । अब के स्पष्ट हुनुपर्छ भने बाबुरामजीले निर्वाचन, सहमति र संघीयता चाहेका छैनन् । त्यसैले उनीहरू सत्तारूपी कुर्सी पनि छाड्न चाहँदैनन् ।

प्रतिक्रिया