पदाधिकारी बैठकमा भट्टराई अनुपस्थित

काठमाडौं, ४ पुस । प्रधानमन्त्री समेत रहेका एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराई पार्टीको पदाधिकारी बैठकमा अनुपस्थित भएका छन् ।
अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको एमाओवादीका पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकमा उपाध्यक्ष भट्टराई अनुपस्थित भएको स्रोतले जनाएको छ । बैठकमा भट्टराई निकट पदाधिकारी पनि अनुपस्थित रहेको बुझिएको छ ।
कांग्रेस नेतृत्वमा सहमतीय सरकार बनाउने भन्ने अध्यक्ष दाहालको सक्रियताप्रति असन्तुष्ट भट्टराईले तत्काल यथास्थितिमा पद त्याग नगर्ने जनाउँदै आएका छन् ।
यसैबीच, एमाओवादीले पार्टीले गरेका निर्णय प्रधानमन्त्री बाबुराम भट्टराइले मान्नुपर्ने निर्णय गरेको छ । ‘सहमतीय सरकार गठनमा हदैसम्म लचिलो हुने निर्णय गरेका छौं,’ एक पदाधिकारीले भने, ‘पार्टीका निर्णयमा प्रधानमन्त्री भट्टराई बाधक बन्नु हुँदैन ।’

प्रतिक्रिया