आफौलाई झापड हान्ने पदम कुँवरलाई जेलबाट छुटाउन प्रचण्डले धरौटी बुझाउनुलाई कुन रूपमा हेर्नुहुन्छ ?

पदमबहादुर कुँवरलाई जेलबाट छुटाउन धरौटी बुझाउने कार्यले एनेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहालको उचाइ बढाएको छ । आफैँलाई झापड हान्ने व्यक्तिलाई आफैँले धरौटी दिएर छुटाउनु सामान्य घटना होइन, यसले प्रचण्डको साख माथि उठाएको छ, यसैबाट अनुमान लगाउन सकिन्छ, उनको छातीको साइज ।
धरौटी तिर्न केही ढिला भयो तर यसलाई नराम्रो अर्थमा व्याख्या गरिरहन जरुरी छैन । दाहाल अत्यन्त व्यस्त व्यक्ति हुन्, उनलाई यस घटनाबारे सुरुमा पत्तै भएन, पत्रपत्रिकामार्फत समाचार बाहिर आएपछि घटनाबारे जानकारी भयो, त्यसपछि उनलाई छाड्न धरौटी रकम बुझाउन पठाइयो ।

प्रतिक्रिया