राष्ट्रिय क्रिकेट भोलिदेखि

काठमाडौं : नेपाल क्रिकेट संघको वार्षिक कार्यक्रमअनुसार २६ मंसिरदेखि काठमाडौंमा पेप्सी स्ट्यान्डर्ड चाटर्ड एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । ६ पौषसम्म सञ्चालन हुने यस प्रतियोगितामा ८ क्षेत्रीय टिम र एक विभागीय टिम एपिएफ गरी कुल नौ टिम सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । त्यस्तै, पेप्सी स्ट्यान्डर्ड चार्टर्ड टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिता ८ देखी १५ पुससम्म काठमाडौंमा सञ्चालन हुने पनि क्यानले जनाएको छ ।
यसैबीच, विभागीय क्लब नेपाल पुलिस यस प्रतियोगितामा सहभागी नहुने भएको छ । क्यानका अनुसार टिम नभएका कारण सहभागी हुन नसकेको पुलिसले जानकारी दिएको छ । (सौस)

प्रतिक्रिया