एक प्रश्न

पछिल्लोपटक एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका तर्फबाट प्रधानमन्त्री बनाउन गरेको प्रस्तावलाई कसरी लिनुहुन्छ ?

एनेकपा (माओवादी) र उसका नेताहरूमा बोलीको ठेगान छैन । २०५२ फागुनदेखि जनयुद्ध सुरु गर्दादेखि नै राजसंस्था, राजनीतिक दल सबैलाई खेलाउँदै आए । ०६२/६३ को जनआन्दोलनताका नेपाली कांग्रेसको नेतृत्वमा गरिएको १२ बुँदे सम्झौतालगायत अन्य सहमति व्यावहारिक रूपमा उनीहरूले अझै पनि कार्यान्वयन गर्न सकेका छैनन् । अहिले मुलुकमा राजनीतिक संकट गहिँरिदै गइरहेका बेला एमाओवादीले विभिन्न दलका नेताहरूलाई प्रधानमन्त्रीको प्रस्ताव गर्दै गइरहेका छन् । सबै दलमा फुटाउ र राज गर भन्ने नीति एमाओवादीका नेताहरूले लिएका छन् । जुन हाम्रा दलका नेताहरूले कहिल्यै बुझ्न सकेनन् ।
केही दिनअघि कांग्रेसलाई प्रधानमन्त्रीका लागि नाम दिनुस् भनेर एमाओवादीले भनेको थियो । सोहीअनुरूप पार्टी सभापति सुशील कोइरालाको नाम राष्ट्रिय सरकारको प्रधानमन्त्रीका लागि सर्वसम्मत निर्णयबाट पारित गरिएको थियो । तर, अहिले आएर एमाओवादीका अध्यक्ष प्रचण्ड मधेसी मोर्चालाई प्रधानमन्त्री बनाउनुपर्ने भनिरहेका छन् । यो दलहरूभित्र खेलेर आफूहरू अभैँm सत्तामा बसिरहने चालबाजी मात्रै हो । हिजो कांग्रेसबाट प्रधानमन्त्रीका लागि नाम माग्यो, आज मधेसी मोर्चालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गर्‍यो । यो सबै पार्टीहरूमा गुटबन्दी सिर्जना गरेर आफूहरू सत्तामा राज गरिरहने एमाओवादीको चालबाजी हो ।

प्रतिक्रिया