‘बालुवाखानी’ भक्तपुरको माहाकाल

भक्तपुर, २३ मंसिर । भक्तपुरको दुवाकोट–८ मा रहेको बालुवा खानीको ढिस्कोले पुरिएर दुई मजदुरको ज्यान गएको छ ।
बा २ ख ९९ मिनीट्रकमा बालुवा लोड गर्ने क्रममा आज विहान सोही मिनीट्रकका चालक रामेछाप घर भई हाल भक्तपुर बोडे बस्दै आएका ३५ वर्षीय धु्रव केसी र ४० वर्षीय बद्रीबहादुर कार्कीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी प्रभाग भक्तपुरका निरीक्षक पुष्कर केसीका अनुसार एक जनाको घटना स्थलमै र अर्का एक जनाको उपचारका क्रममा मतृ भएको थियो ।
२०६६ साल मंसिरमा दुवाकोट–६, व्यासीस्थित खानीमा पुरिएर ६ जना कामदारहरुको पनि मृत्यु भएको थियो । बालुवाखानी व्यवस्थित रुपमा चलाउन नसकिदाँ मजदुरले अकालमा ज्यान गुमाउनु परेको छ ।
यसैबीच, भक्तपुरकै मनोहरा फाँटमा एक जनाको बेवारिसे शव फेला परेको छ । मृत्यु हुनेमा २६ वर्षीय गोपाल पाण्डे रहेका छन् । उनको घर रामेछाप सालु–९ रहेको प्रहरीले जनाएको छ ।
शवको टाउकोमा चोट लागेर रगत बगेकाले गोपालको हत्या भएको आशंका प्रहरीको छ । (तस्विर गुगल)

प्रतिक्रिया