‘साझा उम्मेदवार दिन एमाले तयार’

झापा, १८ मंसिर । एमाले अध्यक्ष झलनाथ खनालले कांग्रेसले साझा उम्मेदवार बनाउन नसक्दा सहमतीय सरकार बनाउन कठिनाइ भएको टिप्पणी गरेका छन् ।
प्रेस चौतारी झापाले आज दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसले साझा उम्मेदवार तयार गर्न नसके एमालेले सरकारको नेतृत्व गर्न सक्ने बताए । उनले एमाओवादीको गैरजिम्मेवारपनका कारण मुलुकले निकास पाउन नसकेको उल्लेख गरे ।
उनले भने, ‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरी संवैधानिक रिक्तताको अवस्थाबाट मुलुकलाई निकास दिन सकिन्छ ।’
उनले संवैधानिक निकायमा सुरु भएको पदीय रिक्तताले थप संकट ल्याउनसक्ने बताए । संविधान संशोधन आवश्यक रहेको भन्दै अध्यक्ष खनालले त्यसका लागि राजनीतिक सहमति आवश्यक रहेको उल्लेख गरे ।

प्रतिक्रिया