एमाओवादी सदस्य तामाङको हत्या

काठमाडौं, १८ मंसिर । धादिङमा अज्ञात समूहले एमाओवादीका जिल्ला सदस्य विजय तामाङलाई गोली प्रहार गरेर हत्या गरेको छ ।
गुम्दी–७ स्थित सातदोबाटो भन्ने स्थानमा रहेको जंगलमा तामाङको हत्या भएको प्रहरी नायव उपरीक्षक विकासराज खनालले जानकारी दिए । उनको गोली प्रहार गरेर हत्या गरिएको हो ।
दार्खा–८ निवास तामाङको हत्याको कारण खुलेको छैन । गोली हान्ने समूहको खोजी भईरहेको नायव उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया