नेसनल र ट्रिनिटी प्रि–क्वार्टरफाइनलमा

काठमाडौं : साविक विजेता नेसनल क्याम्पस र ट्रिनिटी १०औँ प्राइम कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार भएको खेलमा नेसनलले ह्वाइटफिल्डलाई ५९–२२ ले हराउँदै समूह ‘ए’ को विजेता भयो । नेसनलको जितमा प्रजुन पोखरेलले १५ अंक जोडे । समूह ‘इ’ को विजेता बन्ने क्रममा ट्रिनिटीले क्याम्ब्रिजमाथि ६०–६ को सहज जित रच्यो । ट्रिनिटीका कृष्ण महर्जनले १५ अंक जोडे ।
ब्वाइजको अर्को खेलमा एलआरआईले गुरुकुललाई ३८–३२, प्रिमियरले रोजबर्डलाई ४७–४५, नासाले एसलाई ५२–२८ तथा ओरियन्टले बर्नहार्टलाई ४०–३३ ले पन्छाए । (सौस)

प्रतिक्रिया