राजनीतिक संकट गहिरिँदै जाँदा छिमेकी मुलुकका नेताहरूको भेटघाटलाई कसरी लिनुभएको छ ?

स्वाभाविक रूपमा हामी आपसमा मिल्न नसरिहेको अवस्थामा अरूले चलखेल गर्ने ठाउँ पाउँछन् । त्यस्तै, हाम्रा राजनीतिक दलहरूबीच कुराकानी नमिलेपछि त्यसमा मध्यस्थकर्ताका रूपमा मिलाउन खोज्ने वा बोल्ने ठाउँ पाइरहेका छन् । राजनीतिक पार्टीबीच नियम बनाउन नसकेका कारण विदेशीहरूको भेटघाट तीव्र हुनु स्वाभाविक हो । राजनीतिक दलहरूबाट अहिले राजनीतिलाई ‘क्रसरोड’ मा पुर्‍याउने काम भइरहेको छ । यसलाई सही दिशामा ल्याउन हामी आपैँm लाग्नुपर्छ । अहिलेको राजनीतिक संकट समाधानका उपायहरू के हुन सक्छन् र आगामी दिनमा मुलुकलाई सही मार्गबाट अगाडि लैजान सकिन्छ भन्नेबारे सकभर राजनीतिक दलले आपैँm खोज्नुपर्छ । हाम्रा राजनीतिक दलहरूबीच आपसमा वार्ता, संवाद र छलफल गरेरै समाधान गर्न सक्नुपर्छ । होइन भने यसका लागि तेस्रो व्यक्ति हामीसामु रहेका समस्या समाधान गर्न वा आफ्ना चाहना पूर्ति गर्ने नाममा पनि चलखेल पनि गर्छन् । तर, यसलाई हस्तक्षेपकै रूपमा लिन मिल्दैन ।

प्रतिक्रिया