माओवादी विवादले पाल्पामा एफएम बन्द

पाल्पा, १४ मंसिर । एमाओवादी र नेकपा–माओवादीबीचको आन्तरिक समस्याले गर्दा पाल्पाबाट सञ्चालित रेडियो पश्चिमाञ्चलको प्रसारण सेवा बन्द भएको छ ।
कर्मचारीबीच झडपको अवस्था श्रृजना भएपछि प्रहरीले हस्तक्षेप गरेर एफएममा ताला लगाईदिएपछि प्रसारण बन्द भएको हो ।
एमाओवादीले सञ्चालन गर्दै आएको सो एफएमलाई पार्टी विभाजन पछि एमाओवादी र नेकपा–माओवादी दुबैले आफ्नो दावी गर्दै आएका थिए ।
दुबै पक्षका सञ्चालकले आ–आफ्ना पक्षका कर्मचारीलाई काम गर्न निर्देशन दिएपछि बुधबार दुबै समूहबीच हातहालाहालको अवस्था आएकाले हस्तक्षेप गर्नुपरेको पाल्पाका प्रहरी नायव उपरीक्षक स्थानेश्वर रेग्मीले जानकारी दिए ।
सम्पत्ति बाडफाँटको विषयमा दुबै माओवादीबीच विवाद छ । विवादका कारण यसअघि पनि रेडियो केहि दिन बन्द भईसकेको छ ।

प्रतिक्रिया