कोइरालाद्वारा गच्छेदार र बोड्डेसँग परामर्श

काठमाडौं, १२ मंसिर । कांग्रेस सभापति सुशील कोइरालाले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छेदार र नेपालका लागि अमेरिकी राजदूत पिटर बोड्डेबीच भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा आज भएको भेटमा सहमतीय सरकार बनाउँन राष्ट्रपतिले दिएको समयसीमा र दलहरु बीचको छलफलहरुलगायतका बारेमा कोइराला र गच्छेदारबीच कुराकानी भएको हो ।
सभापति कोइरालाले गच्छेदारसँग कांग्रेसको नेतृत्वमा सरकार बनाउँन सहयोग गर्न आग्रह गरेका छन् । जवफमा गच्छेदारले आफूहरु मुलुकलाई निकास दिन तयार रहेको भन्दै सहमतीय राजनीतिमा ध्यान दिन आग्रह गरे ।
कोइरालाले यस अघि राजनीतिक परामर्शका क्रममा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग परामर्श गरिसकेका छन् ।
यसैबीच, सभापति कोइरालासँग नेपालका लागि अमेरिकी राजदूत बोड्डेले भेट गरेका छन् । भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको हो ।

प्रतिक्रिया