बार्सिलोना अझै अपराजित

म्याड्रिड : लेभान्टेलाई ४–० ले पराजित गर्दै बार्सिलोनाले स्पेनिस लिगमा अपराजित यात्रा कायम राखेको छ । लिओनेल मेसीको अर्को सानदार प्रदर्शनपछि बार्सिलोना तीन अंकको अग्रतालाई पनि कायम राख्न सफल भयो ।
बार्सिलोनाले १३ खेल खेल्ने क्रममा एकमा मात्र बराबरी खेलेको छ । १३ खेल खेल्ने क्रममा एक बराबरी र एक हारको नतिजा निकालेको एट्लेटिको म्याड्रिड ३४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल म्याड्रिडको १३ खेलबाट २६ अंक रहेको छ ।
दोस्रो हाफमा सबै गोल गरेको बार्सिलोनाका लागि मेसीले दुई तथा सेस फेब्रिगास र आन्द्रेस इनियस्टाले एक गोल गरे । खेलको सुरुआतमै एक र दोस्रो हाफमा अर्को खेलाडी रातो कार्डका कारण गुमाएको सेभिल्ला, एट्लेटिको म्याड्रिडविरुद्धको खेलमा ४–० ले पराजित भयो । एट्लेटिकोको जितमा राडामेल फाल्काओ र मिरान्डा र कोकले एक/एक गोल गरे भने थप गोल एमिर स्पाइहिकबाट आत्मघाती रहयो ।

म्यानसिटी–चेल्सी बराबरी

पछिल्लो समय खराब प्रदर्शन गरिरहेका म्यानचेस्टर सिटी र चेल्सीले इंग्लिस प्रिमियर लिगमा आइतबार राति गरेको आपसी भिडन्तमा गोलरहित बराबरी खेलेका छन् । अघिल्लो दिन क्विन्स पार्क रेन्जर्स (क्युपिआर)लाई हराएको म्यानचेस्टर युनाइटेडलाई भने यस नतिजाले राम्रै फाइदा भएको छ ।

प्रतिक्रिया