दुर्घटना न्युनिकरणका लागि सादा पोशाकमा प्रहरी

काठमाडौं, ११ मंसिर । महानगरीय ट्रफिक प्रहरीले राजधानीका सडकमा ९० प्रतिशत भन्दा बढि दुर्घटना मानवीय त्रुटीकाकारण हुने गरेको जनाएको छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर ट्रफिक प्रहरी महाशाखाका प्रमुख डिआजी उपेन्द्रकान्त अर्यालले दुर्घटना न्यूनिकरणका लागि नयाँ कार्यनीति बनाएको जनाए । अर्यालले ३ सात अघि मात्रै महाशाखाको जिम्मेवारी सम्हालेका हुन् ।
उनले ट्राफिक प्रहरीको सक्रियता बढाउने क्रममा प्रमुख चोकमा सादा पोषाकमा प्रहरी खटाएर दुर्घटना न्यूनिकरणमा अभियान चलाउने उल्लेख गरे । उनले सर्वसाधारणमा जनचेतना जगाए मात्रै दुर्घटना रोकन सकिने अर्यालले बताए ।
जथाभावी बाटो काट्ने पैदल यात्रु र सवारी चालकमाथी निगरानी गरेर कारबाही गर्ने उनको भनाई थियो ।

प्रतिक्रिया