प्रचण्ड झापडको संकेत

गत शुक्रबार एमाओवादीले राजधानीमा आयोजना गरेको शुभकामना तथा चियापान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पूर्वकार्यकर्ता पदम कुँवरले थप्पड लगाएपछि नेपाली सञ्चारमाध्यममा यो प्रकरणले पुन: प्राथमिकता पाएको छ । यो घटनाले एमाओवादीको चियापानका सकारात्मक पक्षहरू ओझेलमा परे । एमाओवादीको चियापान तुलनात्मकरूपले भव्य, व्यवस्थित, सहभागितामूलक र सन्देशमूलक थियो । सबैभन्दा ठूलो अनि सत्तारूढ दलले आयोजना गरेको चियापान कार्यक्रम सबैको आकर्षणको केन्द्र थियो । प्रचण्डको प्रभावशाली व्यक्तित्वको अध्यक्षात्मक उपस्थितिले सञ्चारमाध्यम र सर्वसाधारणलाई समेत आकर्षित गर्नु स्वाभाविक थियो । तर, त्यो भव्यता, सकारात्मकता अनि सम्भावित सुखद संकेत कँुवरको झापडले किनारा लगाइ दियो । शुभकामना र चियापान कार्यक्रमका सबै उपलब्धिहरू प्रचण्डको चस्माभैँm फुटेका छन् र उनको गालामा कुँवरको आक्रोशको धब्बा लागेको छ । यी कँुवर त एक प्रतिनिधिपात्र मात्र हुन् । आज नेपाली समाज राजनीतिक नेतृत्वको शैली र व्यवहारबाट कति आक्रोशित छ भन्ने कुरा घटनापछि सर्वत्र जाहेर प्रतिक्रियाबाट थाहा हुन्छ । नेपाली समाजका कतिपय पात्रहरू कति हिंस्रक र अमानवीय हँुदै गएका छन् भन्ने तथ्यहरूलाई यो घटनाले थप प्रकाश पारेको छ । प्रचण्ड त कुटिए नै, उनलाई कुट्नु सर्वथा निन्दनीय छ । प्रचण्डका आक्रोशित जवानहरूले तुरुन्तै कँुवरलाई रगतपच्छे र मरणासन्न हुने गरी कुटे । धन्न सुरक्षाकर्मीको प्रयासका कारण उनको ज्यान बाँच्यो । नत्र पक्कै मार्ने थिए होलान् । कुँवरको कार्य त ठीक थिएन, शीर्षस्थ नेतृत्वकै सामुन्ने कार्यकर्ता पंक्तिले मच्चाएको ज्यादती झन् अशोभनीय थियो । ठूलै घेराउ र जुलुससँगै माओवादी कार्यकर्ता पंक्तिले कुँवरलाई फासी दे भन्दै नाराबाजी पनि गरे । यो कार्यशैली राजनीति गर्नेका लागि वर्जित हुनुपर्ने थियो ।
राजनीतिक नेतृत्वमाथि झापड नेपाली राजनीतिमा अब नयाँ विषय रहेन । यसअघि ०६७ माघ ७ गते एमालेका अध्यक्ष झलनाथ खनाललाई सुनसरीको कार्यक्रममा एक कार्यकर्ताले झापड हानेका थिए । त्यतिखेर उक्त घटना सम्भवत: पहिलो भएकोले निक्कै चर्चाको विषय बन्यो । प्रधानमन्त्रीको प्रतिस्पर्धामा दर्जनभन्दा बढी पराजय भोगेका प्रचण्डले व्यवस्थापिका–संसद्मा गरेको सम्बोधन निकै मार्मिक र व्यंग्यात्मक पनि रह्यो । उनको सम्बोधनलाई अहिले पनि बढो महत्त्वका साथ जोडिएको छ । यसअघि ०६८ वैशाख १९ गते माओवादीका चर्चित तत्कालीन सभासद् झक्कु सुवेदीमाथि कोटेश्वरको एक चियापसलमा एक
सर्वसाधारणले झापड लगाएका थिए । गत असोज १३ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइरालालाई एक कार्यकर्ताले फोटोप्रेmमले आक्रमण गरेका थिए । त्यसैगरी, गत साउनमा एमाओवादीको विस्तारित भेलामा अध्यक्ष प्रचण्ड, उपाध्यक्ष तथा प्रधानमन्त्री बाबुराम भट्टराईलगायत नेताहरूलाई कार्यकर्ता समूहले कुर्सी प्रहार गरेका थिए । झन्डै पन्ध्र वर्षअघि प्रतिनिधिसभामा सांसद् गोल्छे सार्कीले तत्कालीन सभामुख रामचन्द्र पौडेललाई तीन झापड हानेको घटना त्यतिखेर निकै चर्चित बनेको थियो । त्यसपछि संविधानसभामा तत्कालीन सभासद् पूर्णबहादुर खड्का र सुरेन्द्र पाण्डेमाथि पनि सभासद्हरूबाटै हातपात गरिएको थियो । लुकीछिपी सांघातिक आक्रमणहरू पनि भइरहेका छन्, चाहे त्यो एमालेका गोकर्ण बिष्ट र रामनाथ ढकाल हुन् चाहे कांग्रेसका शम्भु हजारा हुन् चाहे एमाओवादीका शालिकराम जमरकट्टेल । लुकीछिपी हतियारको प्रयोग गरी सांघातिक आक्रमण केवल आपराधिक मनोवृत्तिका साथ हुने गर्छन् । त्यस्तो आक्रमणमा राजनीतिक, व्यावसायिक वा अन्य जोकोही पर्न सक्छन् । राजनीतिक वृत्तमा त्यस्ता खालका घटनाले खास अर्थ राख्दैन, अर्थ राखे पनि जसको आशय अराजनीतिक भन्दा अघि बढ्दैन ।
अरू नेताभन्दा प्रचण्डमाथिको थप्पड फरक छ । घटनापछि उनको पार्टीको प्रतिक्रिया, तत्काल कार्यकर्ताहरूले गरेको व्यवहार, उनी र उनको पार्टीको सवालमा उठिरहेको ज्वारभाटाहरूका कारण यो अरूभन्दा फरक भएको हो । यस्तो बेलामा यो घटना घटेको छ कि उनको पार्टी प्रमुख सत्तारूढ घटकका रूपमा रहेको छ । हिजो खनाल वा कोइराला सत्तारुढ थिएनन् र उनीहरू पूर्वप्रधानमन्त्री पनि थिएनन् । त्यसो भएपछि राज्य र सुरक्षा निकायको कम चासो हुनु स्वाभाविक हो । तर, प्रचण्ड पूर्वप्रधानमन्त्री, नेपाली राजनीतिका सबैभन्दा शक्तिशाली व्यक्तित्व अनि सत्तारुढ प्रमुख पार्टीको अध्यक्षमाथि यो घटना स्वाभाविक रूपमा अरूभन्दा फरक छ । प्रधानमन्त्री बाबुराम भए पनि शक्ति र प्रभावका हिसाबले प्रचण्ड नै अघि छन् । वर्तमानमा उनको जीवनशैलीमा देखिएको तीव्र बदलाव र खनालमाथि थप्पड बर्सिदा उनको प्रतिक्रियाले पनि यो घटनाले महत्त्व पाइरहेको छ । त्यसैगरी उनको कार्यकर्ताले तत्काल असहिष्णु शैली प्रदर्शन गरेका छन् । सम्बन्धित अभियुक्तलाई कुटपिट र अमानवीय व्यवहार, सुरक्षा नियन्त्रणमा रहेकालाई पनि त्यो खालको व्यवहार प्रदर्शनले माओवादी कार्यकर्ताको असली चरित्रको झ–झल्को दिएको छ । जबकि अघिल्ला घटनाहरूमा यस्तो भएको थिएन । राज्यले सार्वजनिक मुद्दा चलाए पनि खनालले तत्काल क्षमा दिएर भेट्न बोलाएका थिए । घटना निन्दनीय र अक्षम्य हुँदाहुँदै पनि खनाल र उनको कार्यकर्ताले गरेको शालीन व्यवहारले अभियुक्तलाई नै पश्चात्तापवोध गराएको थियो । यसैगरी प्रचण्डको पार्टीले तत्काल र भोलिपल्ट पत्रकार सम्मेलन गरी जारी गरेको धारणा पनि आपैँmमा गैरजिम्मेवार छ । हिजो अरूको पालामा उपदेश दिनेहरू आज आफ्नो पालामा चाहिँ षडयन्त्र, प्रतिगामीहरूको घुसपैठ अनि शान्ति, संविधान र संघीयताविरोधी कदमको रूपमा लिएका छन् ।
कुनै बेला प्रचण्डको नाम सुन्नेबितिकै मानिसहरू रोमाञ्चित हुन्थे, कति डराउँथे अनि विश्व जनमतले पनि चासोका साथ हेथ्र्यो । उनकै नेतृत्वको विद्रोहले १५ हजारभन्दा बढीको ज्यान लियो, कैयौँ अंगभंग भए, कैयौँको सिन्दूर, सर्वस्व अनि सहारा हरण भयो । कुनै बेला ८० प्रतिशत नेपाली भू–भाग कब्जा गरेको दावी माओवादीको थियो । सशस्त्र विद्रोहमा मात्रै होइन, उसले जुनै हरकतबाट भए पनि संविधानसभाको निर्वाचनमा आफ्नो वर्चस्व स्थापित गरेकै हो । सशस्त्र जनविद्रोह अनि माओवादी लडाकुका सर्वोच्च कमाण्डर, अत्याधुनिक हतियार बोकेका सयौँ लडाकुको सुरक्षाघेरामा बसेका र अहिले पनि त्यो खालको दबदबा र प्रभावमा रहेका प्रचण्ड एक सर्वसाधारण त्यसमा पनि आफ्नै पूर्वकार्यकर्ताको हातबाट कुटिनु सामान्य विषय होइन । प्रचण्डको नेतृत्वमा सबैले मुक्ति र समृद्धि पाउने एकखालको अगाध विश्वास पनि थियो । तिलस्मी प्रशिक्षण दिएर आफ्नो ज्यानको आहुती दिन ठूलो कार्यकर्ता पंक्ति तयार भए । आज उनीहरूको यौवन, शिक्षा, रोजगारी, परिवार, सम्पत्ति र आफ्नो मौलिक परिचय गुमेकोमा उनीहरू पश्चात्ताप गरिरहेका छन् । कँुवर स्वयं माओवादी कार्यकर्ता र उनको सिंगो परिवार पार्टीमा होमिएको दृष्टान्त र प्रचण्डलाई थप्पड लाउँदाका बखत व्यक्त अभिव्यक्तिले प्रचण्ड र पार्टीप्रति गम्भीर वितृष्णा देखिन्छ ।
कोही पनि नेता वा व्यक्तिलाई कुनै पनि बहानामा आक्रमण गर्नु आपैँmमा निन्दनीय र अक्षम्य छ । यस्ता घटना वा उत्तेजनाबाट टाढा रहनु, हुन नदिनेतर्फ पर्याप्त सावधानी आवश्यक छ । आज नेपाली समाज किन यति हिंस्रक, असहनशील र असहिष्णु बन्दै छ भन्नेतर्फ चिन्ता र चासो जाग्नु स्वाभाविक छ । यसका पछाडि वर्तमान राजनीतिक परिवेश र फेरि पनि हिजो एमाओवादीले दिएको शिक्षा र गैरराजनीतिक एवं आपराधिक क्रियाकलापहरू मुख्य कारणहरू बनेर आउने गर्छ । हिजोको जस्तो फलामे अनुशासन र नैतिक चरित्रको दायराभित्र कार्यकर्तापंक्ति छैनन् भन्ने तथ्यलाई पनि यसले उद्घाटित गरेको छ । समाजलाई गणतन्त्र, पूर्ण लोकतन्त्र, समावेशी र अग्रगामी रूपान्तरणको यो महाअभियानमा माओवादी जनविद्रोहको सकारात्मक प्रभाव रहेको कुरामा दुईमत छैन । सँगसँगै आज नेपाली समाजको चरित्र र कार्यदिशाको सवाल पनि त्यतिकै गम्भीर बनेकोमा चिन्तित हुनु जरुरी छ । समाजमा यो खालको भयावह अवस्था, असहिष्णु शैली, प्रतिशोधको भावना र हिंस्रक व्यवहार अनि जबर्जस्ती संस्कृति निर्माणमा माओवादी प्रवृत्ति नै सबैभन्दा जिम्मेवार छ ।

प्रतिक्रिया